राजेशपायलको खुल्ला पत्र : अब बाँचेकालाई बचाउँन सबै जुटौँ



–राजेश पायल राई
महाभूूकम्पले हामीलाई क्षतविक्षत बनाएको एक साता पुुगेको छ । तर, पनि हामी अझैं पूूर्णरुपले सम्हालिसकेका छैनौं । त्रास उस्तै छ, पीडा झनै थपिँदै छ । भूूकम्पको कारण ज्यान गुुमाउनुु भएका नेपालीको शव, घाइतेको दर्दनाक अवस्था र देशको खण्डहर दृश्यले झनै पीडा दिइरहेको छ । मृतकहरुको सम्झनामा हामीले आँसुु बगायौ तर, बाँचेकाहरु पनि राहत नपाएर मर्दै बाँचिरहेका छन् । अब उनीहरुलाई बचाउँन सबै जुुटौं ।
Dhaleko dharara maaमहाभूूकम्पमा म
गत शनिबार म कार्यक्रमको शिलशिलमा धरान पुुगेको थिएँ । अघिल्लो रातको कार्यक्रमको निद्राले कारण सुतिरहेको थिएँ । भूूकम्पपछि मान्छेहरु भागदौड गर्दै चिच्याउन थालेपछि ब्युुँझे । सुरुमा त सामान्य भन्ने ठाँने । विस्तारै काठमाडौंको खबर सुन्न थालेपछि भूूकम्प त ठुलो गएको थाहा भयो ।

म सँगै रहनुुभएका हाँस्य कलाकार जितुु नेपालले फोन गर्न थाल्नुुभयो । विस्तारै थाहा भयो, काठमाडौं ध्वास्त भयो । खबर आयो, धरहरा ढल्यो । ऐतिहासिक सम्पदाहरु माटोमा मिले । समाचार सुुन्दै थियौं । मेरो रेष्टुरेन्टको वेटर भाइको फोन आयो । उनले भने, ‘दाइ हाम्रो रेन्टुरेन्ट पूूर्णरुपमा ध्वास्त भयो ।’

सबैको ढल्दा मेरो पनि ढल्यो । आफ्नो मेहनतको कमाइ ढल्दा पीडा त हुन्छ नै, त्यो भन्दा बढी पीडा वेटर भाइको बुुवा पनि मेरो रेष्टुरेन्टमै पुुरिनुुभएछ । उहाँ गाउँबाट छोरालाई भेट्न भनेर शहर आउनुुभएको थियो । वेटरले बुवालाई बस्दै गर्नुु भनेर चिनी किन्न गएका रहेछन् । त्यही बेला भूूकम्प आएर भाइका बुवालाई पुरेछ । यसले चाँहि असाध्यै पीडा दियो । म अनुुभुत गर्न सक्छुु, मेरो रेष्टरेन्ट भत्किदा त मलाई यति पीडा भएको छ । घर, परिवार गुुमाउनेहरुलाई कस्तो पीडा भएको होला ? घाइतेहरुलाई कस्तो होला ?

यी भए मेरा केही भूूकम्प अनुुभुति । हामीलाई थाहा छ, महाभूकम्पका कारण दसौं हजार नेपालीले ज्यान गुमाएका छन् । त्यसको दोब्बर घाइते छन् । लाखौं-लाख घरबारविहीन भएका छन् । यतिबेला देश महासंकटको बेलामा छ । हामी त्रसित छौं, आत्तिएका छौं । जे हुुनुुथियो, भयो । अब हामी एक भएर सचेतताका साथ सम्हालिने समय आएको छ । यो महासंकटको बेला सरकार, आमनागरिक, कलाकार र पत्रकार सबैमा केही अनुरोध गर्न चहान्छुु ।

सरकारको नाममा
महाभूूकम्पको क्षति अब कसैगरी पुरा हुन सक्दैन । भौतिक संरचना बनाउन सकिएला तर ज्यान गुुमाएका हाम्रा प्रियजनलाई कसैगरी पाउन सकिन्न । तर, पनि हामीसँग बाध्यता छ । अब सम्हालिएर अघि बढ्नुुको अर्को विकल्प छैन । सुनिरहेका छौं, संसारले हामीलाई खर्बौं सहयोग गरिरहेको छ । त्यसको सही सदुुपयोग गर्न सके देशलाई नयाँ बनाउन सकिन्छ । अब सरकारले वास्तविक पीडितहरुलाई छिटोभन्दा छिटो राहत दिनुुपर्छ । उनीहरुको घरबार बनाउन व्यवस्थित योजना बनाउनुुपर्छ ।

पीडितहरुको उद्धार र राहत पहिलो काम हो । तर, समाचारहरुमा राहत पनि भागबण्डा भएको सुनिन्छ । यस्तो कुराले हामीलाई झन् पीडा दिन्छ । बेला यो कुनै पार्टी, समुह, क्षेत्र, जाति र वर्ग छुुट्याउने होइन । जो पीडामा छन्, उनीहरुलाई राहत दिनुपर्छ । यस्तो बेला पनि भागबण्डाको कुरा गरिए सरकार र नेतालाई इतिहासले कहिल्यै माफी दिने छैन । यस्तो बेला पनि राजनीति गरेको सुन्दा असाध्यै दुुःख लाग्छ ।
जो पीडामा छन्, उनीहरुलाई राहत दिने काम सरकारको हो । आएका राहत सामग्री र रकम दुुरुपयोग गर्न दिनुुहुँदैन । म अनुरोध गर्न चहान्छुु, आजसम्म जे भयो, भ्रष्टचार भयो, अनियमितता भयो । त्यो विगत थियो । अब कम्तीमा यो महासंकटको बेला भ्रष्टचार र अनियमितता रोकौं । यदि कसैले गलत गरेको भए उसलाई समाज र देशबाटै बहिस्कार गर्नुुपर्छ । यो महासंकटको बेला आएको राहतको दुरुपयोग गर्ने देशका अपराधी हुन् ।

कलाकारको नाममा
हामी कलाकारहरुलाई देश र नागरिक सबैले माया गरेका छन् । हामीले अभियान चलायौं भने पीडितहरुको राहतका लागि धेरै काम गर्न सकिन्छ । समाचारमा सुनिरहेको छौं, चर्चित बेलायती अभिनेत्री जोअना लुुम्लेदेखि बलिउडका सुपरस्टार सलमान खानसम्मले हाम्रो पीडामा साथ दिइरहेका छन् । उहाँहरुले सहयोगको लागि अभियानै चलाउनुभएको छ ।

उहाँहरुको देशमा जति त राहत संकलन गर्न नसकौला । तर जति सक्छौं आजैदेखि गरौं । जति सकिन्छ, आजैदेखि गर्न सबै कलाकारलाई अनुरोध गर्न चहान्छुु, । हामी कलकारहरुले देखाउन भन्दा पनि साँचो अर्थमा काम गरौं । ताकि, नेपाली कलाकारहरुको आजको काम देखेर भोलिका पुस्ता पनि नतमस्तक बनुन् ।

आमनागरिकको नाममा
पहिलो कुरा, भूूकम्पपछि अब महामारी फैलिने सम्भावना छ । यसप्रति हामी सबै सचेत हुुनु जरुरी छ । यसमा हामी सबै सचेत बनौ । भूूकम्पबाट पीडितहरु आफ्नै पीडामा हुनुहुन्छ । कम प्रभाव परेकाहरु जो जति छौं, हामी सबै एक भएर उद्धार र राहतमा जुटौं । आर्थिकरुपमा सवल जति पनि नेपालका व्यापारी, उद्योगपतिहरुलाई सकेसम्म सहयोग गर्न पनि म अनुरोध गर्न चहान्छुु ।
तपाईहरुको पैसाको खाँचो यतिबेला छ । देशलाई संकट परेको बेला चुपचाप बस्नुुभयो भने भोलि अवश्य पनि नागरिकले तपाईं र तपाईंको सम्पत्तीमाथि औंला उठाउनेछन् । विदेशका उद्योगीहरुले धमाधम सहयोगको घोषणा गरिरहँदा नेपालका उद्योगीहरुको उति धेरै कुरा सुन्न पाइएको छैन । यसबेला देशलाई तपाईंहरुको सहयोगको खाँचो छ ।

मेरो आफ्नै कुरा
मैले यसअघि नै महाभूूकम्पमा ज्यान गुुमाएका बाबुआमाका अनाथ बालबालिकालाई पाल्न चाहेको कुरा यसअघि नै घोषणा गरिसकेको छु । अहिले पुरै देश रोइरहेको छ । एकदुुईजनाको सानातिनो सहयोगले केही हुुन्न । म यस्तो क्षेत्र वा ठाउँको खोजी गर्दैछुु । जुन ठाउँमा केन्द्रित भएर प्रभावकारी सहयोग गर्न सकियोस् । एउटा प्रभावित क्षेत्रको पहिचान गरी त्यहाँ विशेष सहयोग गर्न सकिए राम्रो हुन्छ । अलिअलि बाँडेर राम्रो प्रभाव हु्ँदैन । थोरै भए पनि प्रभावकारी तरिकाले सहयोग गर्न सकियोस् ।

मैले समाजसेवाको लागि यसअघि नै ‘राजेशपायल राई फाउन्डेसन’ स्थापना गरेको थिएँ । त्यस संस्थामार्फत मैले यसअघि धेरै समाजसेवा र निर्माणका काम गरेको छुु । महाभूकम्प पीडितहरुका लागि यही संस्थामार्फत विषेश योजना लग्दैछु । विनाशकारी महाभूूकम्पले हामीलाई टुुटाएको छ । अब सम्हालिएर उठौं । हामी टुुटेका छौं, अब जुुटौं । आउनुुहोस्, एक भएर जुुटौं । हामी यसबेला नजुुटे कहिले जुुट्ने ! यसबेला पनि हामीलाई नदुुखे कहिले दुुख्ने ?

राजेश पायल राईको ध्वास्त रेष्टुरेन्ट :-
Darshan Namaste Restuarant

 

प्रतिक्रिया दिनुहोस्