महाभूकम्पका कारण स्थगित ‘होस्टेल रिटर्न्स’ अब भदौ ४ मा



रंग खबर, काठमाण्डौँ । फिल्म ‘होस्टेल रिटर्न्स’ को नयाँ प्रदर्शन मिती तोकिएको छ । महाभूकम्पका कारण वैशाख २५ गतेको प्रदर्शन मितीलाई स्थगन गरिएको यो फिल्म अब अब आउँदो भदौ ४ गते देखि प्रदर्शनमा आउने भएको छ ।
Hostel Returnsअन्य फिल्म नरहेको र लक्षित दर्शकका लागि भदौ ४ गते उचित मिति भएकाले फिल्मलाई उक्त मितिमा प्रदर्शन गर्ने निर्णय गरिएको निर्माता सुनिल रावलले बताए ।

सफल फिल्म ‘होस्टेल’ को सिक्वेलमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, सुशिल सिटौला, स्वस्तिमा खड्का, नाजिर हुसेन सहित सुनिल रावल र नायिका दीया मास्केको पनि अभिनय रहेको छ । फिल्म ईञ्जिनियर पढ्ने होस्टेल बस्ने विद्यार्थीको कथामा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्