आकृतीको भूकम्प गीत : किन यति निर्दयी भयो दैव (भिडियो)



रंग खबर, काठमाण्डौं । महाभूकम्पपछि भूकम्प गीत आउने क्रम जारी छ । धेरैजसो गायक–गायिकाहरु भूकम्पपछि समाजमा उत्पन्न निराशालाई हटाउन आशावादी भूकम्प गीत तयार गरिरहेका छन् । यस्तै अस्ट्रेलियामा बस्दै आएकी गायिका आकृति आचार्यले ‘किन यति निर्दयी भयो दैव’ बोलको आशावादी गीत सार्वजनिक गरिएको छ । गीतले समाजमा सकारात्मक सन्देश दिन खोजेको छ ।
aakriti acharyaडा.भोला रिजाल, राजेन्द्र थापा र मनोज लामिछानेको शब्द रहेको गीतमा शिखर सन्तोषले संगीत दिएका छन् । भर्खरै सार्वजनिक भएको गीतमा गायिका आचार्यलाई वरिष्ठ गायक आनन्द कार्की, डा=भोला रिजाल, सरोज केसी, सूर्यचन्द्र, मन्दिरा ढुंगेलले साथ दिएका छन् ।

डेढ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएकी गायिका आचार्यले समाजमा सकारात्मक सन्देश दिन र पीडितमा आशा जगाउन आशावादी गीत ल्याएको बताइन् ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्