भूकम्प गीत ‘छिया छिया भयो मन’ को भिडियो आउदैँ



रंग खबर, काठमाण्डौँ । ‘छिया छिया भयो मन, मेरो देश शोकमा पर्दा’ बोलको भूकम्प गीतको भिडियो बन्ने भएको छ । यो गीतको छायांकन भर्खरै सकिएको हो ।
rewat rai 2गायक–गायिकाहरु रेवत राई, सागरसंसार राई, बबिना किराती, नम्रता राई, राजेश राई र अनुराग श्रेष्ठले स्वर दिएको यो गीतमा सुमन राईको संगीत रहेको छ । गीतलाई तारा दिप्सालि राईले लेखेका हुन् ।  गीतको भिडियोलाई राजेशपुमा राईले निर्देशन गरेको हुन् । भिडियोमा सबैले ‘आई लभ नेपाल’ लेखिएको टिसर्ट लगाएको पाइन्छ ।

सिकिमका आनन्द राईले एरेन्ज गरेको यो गीतको भिडियो उत्सव दाहालले खिचेको हुन् । गीत चाँडै सार्वजनिक गरिने गायक रेवत राईले रंगखबरलाई जनाए ।

प्रतिक्रिया दिनुहोस्