भूकम्पपछि गरियो ‘बुद्धका आँखा हेर शालिन छन अझै’ (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । आरजे अर्जुन के.आरले पहिलोपटक म्यूजिक भिडियो निर्देशन गरेका छन् । पत्रकार मधु शाहिले लेखेको ‘बुद्धका आँखा हेर शालिन छन अझै’ बोल को म्यूजिक भिडियो उनले निर्देशन गरेका हुन् ।
arjun kr videoज्योती प्रकाश र जुना प्रसाईको स्वर रहेको गीतको भर्खरै छायांकन सकिएको हो । यो गीतको भिडियोमा दिपकराज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा गैंडा, जितु नेपाल ‘मुन्द्रे’, झरना थापा, सुरवीर पन्डित लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

सुन्धारा, स्वयंभु र साखु आसपासमा भिडियो छायाँकन छायाकार कमल प्रसाइले जानकारी गराए । भिडियोको सम्पादन पनि प्रसाईले नै गर्दैछन् ।
arjun kr 4‘यो मोटिभेसनल गीत हो । एकतामा बल छ । अब हामी सबै मिल्नुको बिकल्प छैन । बिपदमा परेको बेला हामी नेपालीले नै नेपालीलाई सहयोग गर्ने हो भन्ने सन्देश भिडियोमा दिन खोजिएको छ’, निर्देशक केआर भन्छन्, ‘मानिसहरु भूकम्प पीडालाई बिर्सिएर सामान्य अवस्थामा फर्कनुपर्छ भन्ने सन्देश पनि यसमा छ । ’ गीतको भिडियो चाँडै बजारमा आउने उनले बताए ।
हेर्नुस् म्यूजिक भिडियोका क्रममा खिचिएका केही तस्विरहरु :-
arjun kr 6
arjun kr 5
arjun kr 3
arjun kr 2
arjun 11
arjun 10
arjun 9
arjun 8
arjun 7
arjun final

प्रतिक्रिया दिनुहोस्