‘रातो घर’ ले लागुपदार्थ दुव्र्यसनमाथि छोटो फिल्म प्रतियोगिता गर्ने



रंग खबर, काठमाण्डौं । ‘सुरजसुब्बा नाल्बोको निर्देशनमा बनेको फिल्म ‘रातो घर’ ले युवा एवं लागुपदार्थ दुव्र्यसन विषयमाथि छोटो फिल्म प्रतियोगिता गर्ने भएको छ । निर्माण कम्पनी माङहिम फिल्मसले एक विज्ञप्ती जारी गर्दै सर्तहरु सार्वजनिक गरेको छ । 
rato-ghar-in
अनिवार्य सबटाइटल प्रयोग हुनुपर्ने र फिल्मको डिजिटल अधिकार कम्पनीमा निहित हुने जनाइएको फिल्म पाँचदेखि १० मिनेट लम्बाइको सिनेमाको कथा, विषय र प्रस्तुति नेपाली समाज सुहाउँदो हुनुपर्ने उल्लेख छ ।

प्रतियोगितामा सहभागि हुने फिल्म युट्युवबाट प्रसारण हुने जनाइएको छ । युट्युवबाट प्राप्त एक लाइकलाई २५ प्रतिशत अंक मानिनेछ र बाँकी निर्णायकले निर्णय गर्नेछन् । भदौ ८ गतेभित्र फिल्म कार्यालयमा दर्ता गराइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

सुरज सुब्बा नाल्बो निर्देशित फिल्म रातो घरको मुख्य विषयवस्तु नै लागुपदार्थ दुव्र्यसन र त्यसको सामाजिक असर हो । निकेश लिम्बु निर्मित सिनेमा चाँडै लन्डनमा समेत रेडकार्पेट प्रिमियर हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्