क्रिकेटर शरदसंग नायिका निशाको सम्बन्ध टुटेको हल्ला



रंग खबर, काठमाण्डौं ।  फेसबुकमा पनि अपडेट नगरीकन  सुटुक्क अमेरिका छिरे पछि नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकर बिचको प्रेमसम्बन्ध टुटेको चर्चा चल्न थालेको छ ।

10615428_10154598365045111_816571328971255623_nनिशा र शरदले सँयुक्त रुपमा संचालनमा ल्याएको फेसबुक पेज पनि अहिले डियाक्टिभ छ । सम्बन्ध टुट्नुको बलियो आधार यसैलाई नै  मानिएको छ । यस बिषयमा निशाले केही पनि बोलेकी छैनन् भने शरद विश्वकप छनौट प्रतियोगिताको अभ्यासमा छन् । केही समय अघि कान्तिपुर साप्ताहिकमा शरदसँग बिहे गर्ने बताएपनि यस बिषयमा क्रिकेटर शरदले कुनै प्रतिक्रिया दिएनन् जसकारण पनि निशा र शरदको सम्बन्धमा ब्रेकअप भएको चर्चा चल्नु स्वभाविक रहेको विश्लेषण गर्न थालिएको छ ।

आशा गरौ, निशा र शरदले यस बिषयमा चाँडै नै आफ्नो भनाई सार्वजनिक गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्