सुर संवाद : ‘जिउने आधार हो संगीत’



सुर संवाद : 
सरु गौतम,
गायिका
saru gautam 2
गाउने रहर कसरी पलायो ?
म सानैदेखि गाउँथेँ । स्कुलमा हुने गायन प्रतियोगितामा फस्ट हुन्थेँ । बाबाको पनि संगीतमा रुचि थियो । त्यसैले मलाई ‘म्युजिक क्लास’ मा भर्ना गरिदिनुभयो ।

संगीत क्षेत्रमा लागेको कति वर्ष भयो ?
पाँच वर्षदेखि संघर्ष गरिरहेकी छु । ‘अपार माया हाम्रो’ बोलको मेरो पहिलो गीत नै गायक नरेन्द्र प्यासीसँग मिलेर गाउन पाउँदा हर्षित र नर्भस दुवै भएकी थिएँ ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?
तीजको माहोल लागिरहेकाले ‘यो तीजमा दिल खोलेर नाच्ने हो’ बोलको तीज गीत लिएर आउँदै छु । नयाँ एल्बम ‘गाजल’ का लागि पनि तयारी गरिरहेकी छु ।

यो गीतबाट के अपेक्षा राख्नुभएको छ ?
रोमान्टिक गीत बनेको छ । महिलाहरूले सबै पीडा भुलेर, श्रीमानसँग मिलेर, दिल खोलेर नाच्नुपर्छ भन्ने सन्देश दिन खोजेको छु ।

कस्ता–कस्ता गीत गाउनुहुन्छ ?
रोमान्टिक, डान्सिङ नम्बर र सेन्टिमेन्टललगायत सबै प्रकारका गीत गाउन रुचाउँछु । बढी चाहिँ रोमान्टिक गाउन नै मन पर्छ ।

यो क्षेत्रमा नयाँ गायिकालाई काम गर्न कत्तिको गाह्रो छ ?
धेरै नै दुःख हुन्छ । भनेको बेला बाहिर निस्कन गाह्रो छ । तर, मलाई पारिवारिक समर्थन छ । त्यसैले सहज भइरहेको छ ।

संगीत के हो तपाईंका लागि ?
संगीत मेरा लागि जिउने आधार हो । योविना म जिन्दगी कल्पनै गर्न सक्दिनँ ।

साभार : शुक्रवार साप्ताहिक

प्रतिक्रिया दिनुहोस्