‘कोइ छ’ मा तीन मोडलसंग रंग पत्रकार राईको रोमान्स



रंग खबर, काठमाण्डौं । विगत ६ वर्षदेखी रंग पत्रकारितामा सकृय पत्रकार विशाल राई मोडल बनेका छन् । गायिका तायाहाङ्मा राईको दास्रो एल्बम ‘तराना’मा समावेश ‘कोई छ’ बोलको एक गीतमा अभिनय गर्दै उनले आफ्नो परिचय फराकिलो बनाएका हुन् ।
bishal rai- khoi xa song by tayahangma rai  (1)मंगलबार गोदावरीमा छायांकन गरिएको म्युजिक भिडियोमा पत्रकार राईले तीन जना मोडलसंग रोमान्स गरेको निर्देशक नितिन चन्दले बताए । भिडियोमा उनीसंगै एलिसा राई, सुमन र त्रिप्ताले अभिनय गरेका छन् । गीत अनुसार भिडियोमा फरकपन दिन खोजेको निर्देशक चन्दले बताए । दुईसाताभित्र भिडियो सार्वजनिक गरिने समेत उनले जानकारी दिए ।

यु आर प्रो स्टाइल इन्टरटेन्मेन्टले बनाएको यस म्युजिक भिडियोलाई रुपेश थापाले खिचेका हुन्, भने नन्दा अधिकारीको मेकअप रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्