दिपाश्री किन भन्छिन्, ‘छ भने माया छपक्कै लाइदेऊ’ ?



रंग खबर, काठमाण्डौं । अचेल कुनै कार्यक्रममा पुग्दा सन्दर्भ मिल्यो कि हास्यअभिनेत्री दीपाश्री निरौला भनिहाल्छिन्, ‘छ भने माया छपक्कै लाइदेऊ ।’ उनले कसैसँग प्रेम प्रस्ताव राखेकी होइनन् । उनकै निर्देशनमा बन्न लागेको आगामी फिल्मको नाम लिएकी हुन्, प्रमोसन गरेकी हुन् ।
deepashree niraula‘६ एकान ६’ को सफलतासँगै ‘वडा नम्बर ६’ निर्माण गरेका दीपकराज गिरी, दीपाश्री र निर्मल शर्माको टिमले नै यो फिल्म बनाउने घोषणा गरेको हो । यो फिल्मको निर्देशन दीपाश्रीले गर्ने भएकी छिन् । ‘दीपाजीले धेरै वर्षदेखि ‘तीतो सत्य’ को निर्देशन गर्दै आइरहनुभएको छ । त्यसैले राम्रो फिल्म निर्देशन गर्न सक्नुहुन्छ भन्नेमा हामी ढुक्क छौँ,’ निर्माता शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्