यस्तो छ नरेन्द्र प्यासीको ‘थोपा थोपा खसेको पानी’ (भिडियो हेर्नुस्)



रंग खबर, काठमाण्डौँ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर तथा रिमेश कुमारले संगीत भरेको ‘थोपा थोपा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा आनन्द अधिकारीको शब्द रहेको छ भने एरेन्ज पूर्ण गुरुङले गरेका हुन् । रिमेश कुमारको एकल संगीत रहेको थोपा एल्वममा उक्त गीत समाबेश छ ।
thopa thopaशान्त सतिशको निर्देशन रहेको म्यूजिक भिडियोमा दिनेश आचार्य, सुरेन्द्र आचार्य तथा प्रतिक्षा मैनालीले अभिनय गरेका छन् । म्यूजिक भिडियोलाई अशोककुमार बस्नेतले छायांकन गरेका हुन् ।

शिवपुरी राष्ट्रिय निकुन्ज, नवलपरासी तथा काठमाडौंका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको गीतलाई संगीतका पारखीहरुले मनपराईरहेका छन् । विशेषत आधुनिक गायनमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायकको पछिल्लो गीत विभिन्न टेलिभिजन च्यानलहरुमा समेत रुचाईएको छ ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्