यस्तो छ संयम र करिष्माको ‘मनै लोभ्याउने धुन’ (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौं । भदौ २५ गतेबाट प्रर्दशनको तयारीमा रहेको फिल्म ‘लवसब्’ को ‘मनै लोभ्याउने धुन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा फिल्मका अभिनेता संयम पुरी र अभिनेत्री करिष्मा श्रेष्ठको गजबको क्यामेष्ट्री देख्न सकिन्छ ।
samyam and karishmaशिव बजगाईको स्वर रहेको यो गीतलाई सुरेन्द्र राणाले लेखेका हुन् । सुजिला कर्माचार्यको संगीत रहेको यो गीतको भिडियो कोरियोग्राफी ंरामजी लामिछानेले गरेका हुन् । फिल्ममा शिशिर भण्डारीको पनि प्रमुख भुमिका रहेको छ । यो फिल्ममा संयम बोल्न नसक्ने पात्रका रुपमा देखिँदै छन् ।

देवकुमार श्रेष्ठको निर्देशनमा बनेको यो फिल्ममा रहेका गीत–संगीत र ट्रेलरलाई दर्शकले रुचाइरहेका छन् । फिल्मलाई सुशिल पोखरेल र नरेन्द्र महर्जनले निर्माण गरेका हुन ।

हेर्नुस फिल्मको ‘मनै लोभ्याउने’ गीत :-

प्रतिक्रिया दिनुहोस्