मनको खुशी पुरा गर्न ‘मनको खुशी’ ल्याउँदै सुरज



रंग खबर, काठमाण्डौं । संचारकर्मी सुरज पौडेलको परिचय अब फेरिने भएको छ । सातवर्षअघि देखि संचारकर्ममा सक्रिय उनी अब गायक बन्ने भएका हुन् ।
suraj paudelपौडेल आफ्नो एकल स्वरमा पहिलो सांगितिक एल्बम ‘मनको खुसी’ ल्याउने तयारीमा छन । ‘सानैदेखि संगीत मेरो रुची हो, गायन मेरो सपना थियो’, उनी भन्छन्, ‘त्यो सपना पुरा गर्दैछु । एल्बमका पाँचवटा गीत रेकर्डिङ भइसकेका छन् । एउँटा गीत बाँकी छ । चाँडै रिलिज गर्ने तयारीमा छु । ’

एल्बममा ६ वटा गीत समावेश हुनेछन् । पौडेलका ‘पराईले तिम्रो सिउदो’, ‘मनपर्यो–मनपर्यो’, ‘सान्नानी चोखो माया’, ‘गोलीले लागे झैँ’, ‘लचक लचक तिम्रो कम्मर’ बोलका गीत रेकर्ड भईसकेको उनले बताए । ‘तिम्रो ठुक्मा’ले बोलको गीत रेकर्ड गर्न बाँकी रहेको उनले जानकारी दिए ।

६ गीत मध्ये ३ गीतमा बिकास चौधरीको, २ गीतमा टंक बुढाथोकी र १ गीतमा अर्जुन पोख्रेलको संगीत रहेको गायक पौडेलले बताए । एल्बममा गीतकार/गायिका सबिना केसी र गायक स्वयम्को शब्द रहेका छन् । एल्बमका दुइ गीतको भिडियो निर्माण गरिने पौडेलले बताए ।

गायक पौडेल एक बर्ष देखि संगीतकार विकाश चौधरीसंग शास्त्रीय संगीत प्रशिक्षण पनि लिइरहेका छन् । भन्छन्, ‘संगीतलाई व्यवसायिक रुपमा अघि बढाउने चाहना हो । पहिलो एल्बमको प्रतिक्रिया अनुसार अघि बढ्ने तयारीमा छु ।’

प्रतिक्रिया दिनुहोस्