‘वडा नम्बर ६’ मा माग्नेले दिपाश्रीलाई भने, ‘सुर्के थैली खोइ’ (भिडियो हेर्नुस्)



रंग खबर, काठमाण्डौं । असोज १ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको फिल्म ‘वडा नम्बर ६’ को फष्टलुकसंगै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सुर्के थैली खै’ बोलको गीतमा केदार घिमिरे ‘माग्ने बुढा’, दिपाश्री निरौला, दिपकराज गिरी, जितु नेपाल, प्रियंका कार्की, दयाहाङ राई, सिताराम कट्टेल ‘धुर्मुस’ र रञ्जीता गुरुङ फिचरिङ छन् ।
wada number chaशंकर विसीले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मकी निर्मात्री समेत रहेकी दिपाश्रीसंग कम्मर मकाई–मकाई ‘माग्ने बुढा’ नाचेको देख्न सकिन्छ । आफ्नो नृत्यलाई लिएर फ्यानहरु उत्साहित भएको ‘माग्ने बुढो’ले रंगखबर लाई बताए । ‘मैले पहिलोपटक यति मिहेनत गरेर नृत्य गरेको हुँ । गीतलाई दर्शकले रुचाउनुहुन्छ भन्ने आशा छ’, उनले भने । गीतमा दिपाश्रीसंग उनको क्यामेस्ट्री मिलेको पाइन्छ ।

गीतमा फिल्मका नायक मध्येका एक दिपकराज गिरी भने नायिका प्रियंका कार्कीलाई फकाउन ब्यस्त देखिएका छन् । निकै रमाईलो लाग्ने यस गीतमा ‘टिपिकल’ लोक शैलीको यस गीतमा अञ्जु पन्त, राजनराज शिवाकोटी, राजु विश्वकर्माको स्वर रहेको छ ।
magne and deepashreeकेही दिन अघि सार्वजनिक गरिएको ‘वाईयात छ तिम्रो लभ स्टोरी’ बोलको गीतले बजार तताईरहेको बेला सार्वजनिक गरिएको यस गीतले पनि दर्शकको मन जित्नेमा विश्वस्त रहेको निर्मात्री तथा चलचित्रकी नायिका दिपाश्री निरौलाले प्रतिक्रिया दिईन । यो फिल्मलाई ‘वडा नम्बर ६’ लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । फिल्म युनिट आक्रमक प्रचारप्रसारका साथ दर्शकमाझ आउने तयारीमा छ ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्