राजेश हमाल भर्सेस शिव श्रेष्ठ (हेर्नुस् फोटोफिचर)



रंग खबर, काठमाण्डौं । धेरै भयो दर्शकले राजेश हमाल र शिव श्रेष्ठलाई सँगै देख्न नपाएको । यी दुवै चल्तीका अभिनेता हुन् । प्रर्दशननको तयारीमा रहेको फिल्म ‘बागमती’ मा दर्शकले यी दुई अभिनेता एकआपसमा भिडेको देख्न पाउनेछन् । फिल्म छायांकन ताकाका केही तस्बिर बाहिरिएका छन्, जहाँ राजेश र शिवले फाइट गर्दे गरेको देखिन्छ ।
Picture 5फिल्ममा अभिनेत्री केकी अधिकारीको पनि अभिनय छ । फिल्ममा रहेको उनको ‘कर्ली’ कपालसहितको लुक्स पनि बाहिरिएको छ । दक्षिण भारतीय फिल्म मेकर सन्नी (केरला) को कथा र निर्देशन रहेको यो फिल्मको लगानीमात्र दुई करोडभन्दा माथि रहेको निर्माता अनिश नापितको दाबी छ ।
Picture 9फिल्मलाई नेपालमा मात्र नभएर भारतमा पनि प्रर्दशन गर्ने तयारी भाइरहेको बताइएको छ । मलायलम, तमिल, कन्नड, तेलगुलगायत भाषामा डबिङ गरेर प्रर्दशन गर्ने तयारीमा निर्माण युनिट जुटेको निर्माता नापितले बताए । यसरी धेरै भाषामा डबिङ गरेर नेपाली फिल्म प्रर्दशन गर्न लागिएको यो सम्भवतः पहिलो पटक हो ।
Picture 1
Picture 13

प्रतिक्रिया दिनुहोस्