बन्दका बाबजुद ‘होस्टेल रिटर्न्स ’ को ३ दिने व्यापार १ करोड ३५ लाख



रंग खबर, काठमाण्डौं । वैशाख १२ गते गएको महाभूकम्पपछि डाँवाडोल बनेको नेपाली फिल्म क्षेत्र सामान्य बन्दै छ । भदौ ४ गतेबाट प्रर्दशनमा आएको फिल्म ‘होस्टेल रिटर्न्स ’ को उत्साहजनक व्यापारले यस्तो संकेत दिएको हो ।
Hostel Returnsयो फिल्मले प्रर्दशन भएको तीन दिनमै एक करोड ३५ लाख ८० हजारको ग्रस कलेक्सन गरेको निर्माता सुनिल रावलले जानकारी दिए । देशका विभिन्न स्थानमा बन्द भइरहँदा पनि दर्शकलाई हलसम्म तान्दै युवा पस्ता लक्षित यो फिल्मले सुरुवाती व्यापार सुःखद गरेको हो ।

निर्माता रावलका अनुसार यो फिल्मले मंगलबार बाट गरेको व्यापार नाफाको हुनेछ । प्रचार खर्च सहित फिल्मको लगानी ६० लाख पुगेको हिसाब देखाउँदै निर्माता रावलले भने, ‘सम्पूर्ण दर्शकप्रति आभारी छु । दर्शकलाई मनोरञ्जन दिने फिल्म निर्माणमा हामी लागिरहेनछौं ।’ त्यस्तै वितरक शाहीले हिजो बन्दको दिन आइतबार पनि सञ्चालनमा आएका हलहरुमा दर्शकको चाप राम्रै रहेको बताए । बन्दका बाबजुद पनि यो फिल्मले गरेको उत्साहजनक व्यापारलाई लिएर फिल्मकर्मीमाझ उत्साह थपेको उनी बताउँछन् ।
darsakसुरज भूषालले निर्देशन गरेको फिल्म ‘होस्टेल रिटर्न्स ’ इन्जिनियरङ पढ्ने विद्यार्थीको होस्टेल जीवनमा आधारित छ । नव कलाकारहरु सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, अभय बराल र नाजिर हुसेन फिल्ममा प्रमुख भुमिकामा छन् । फिल्म देशका करिब पचासभन्दा बढी हलमा प्रर्दशन भइरहेको वितरकको दाबी छ ।

यसअघि ‘सायद’ र ‘होस्टेल’ बनाएका निर्माता रावलको यो तेश्रो फिल्म हो । यसअघिका दुवै फिल्म सुपरहिट भएका थिए । यो संगै रावलले सुपरहिट फिल्म दिने निर्माताका रुपमा ‘ह्याट्रिक’ गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्