सुनिललाई ‘ह्याट्रिक सफलता’ | भन्छन्, ‘दर्शकको चाहनालाई बुझेर फिल्म बनाउँछु’



 रंग खबर, काठमाण्डौं । वर्षमा मुस्किलले पाँचवटा फिल्मले लगानी उठाइरहेको बेला एउटा निर्माताको लगातार तीनवटा फिल्म सफल हुनु सुखद समाचार हो । भदौ ४ गते प्रर्दशन भएको फिल्म ‘होस्टेल रिटर्न्स‘ले भूकम्पपछि सुस्ताएको नेपाली फिल्मको बजारलाई उठाइदिएको बताइन्छ । यो फिल्मसँगै दर्शक हलमा फर्किए । हालसम्म फिल्मले दुई करोड रुपैयाँभन्दा माथिको व्यापार गरेको निर्माता सुनील रावलले दाबी गरेका छन् ।
hostel returns picइन्जिनियरिङका विद्यार्थीको होस्टेल जीवनमा आधारित यो फिल्ममा उनले सबै नयाँ कलाकारलाई अनुबन्धित गरेका थिए । यसअघिका दुई सफल फिल्म ‘सायद’ र ‘होस्टेल’ मा पनि उनले नयाँ कलाकारलाई नै डेब्यू गराएका थिए ।

ह्याट्रिक सफलता मिलेपछि सुनील अहिले उत्साहित छन् । भन्छन्, ‘नेपालमा कसैको स्टारडम छैन । त्यसैले म फिल्मको कथा र प्रस्तुतिमा विश्वास गर्छु । त्यही अनुसार कलाकार र निर्देशक छनोट गर्छु । प्रचारप्रसारलाई पनि मुख्य हतियार बनाउँछु । दर्शकको चाहनालाई बुझेर फिल्म बनाउँछु ।’ साभार : शुक्रबार साप्ताहिक

प्रतिक्रिया दिनुहोस्