‘वडा न. ६’ फण्डा : दिपाश्रीलाई पालैपालो दिपक, माग्नेबुडो र शंकरले बोके



रंग खबर, काठमाण्डौं । असोज १ गतेदेखि प्रर्दशनको तयारीमा रहेको फिल्म ‘वडा नं ६’ ले फिल्मको प्रचार प्रसारलाई व्यापक बनाइरहेको छ । निर्माताद्धय दिपकराज गिरी र दीपाश्री निरौलाले आफ्नो फिल्मको प्रचार प्रसार गाईजात्रा चलिरहेको एकेडेमी हलदेखि शहरका चोकचोकमा समेत गरिरहेका छन् ।
8 (2)शनिबार भने ‘वडा नं ६’ युनिट प्रचार प्रसारको क्रममा बालाजुस्थित माछापोखरी चोकमा पुगेको थियो । जहाँ सयौं सर्वसाधरणले असोज १ गतेदेखि प्रदर्शनमा आउने हाँस्य व्याङ्ग्य कलाकारको फिल्म बारे जानकारी सँगै मनोरञ्जन पनि लिए । सार्वजनिक कार्यक्रममा ‘वडा नं ६’ का कलाकारहरु दिपकराज गिरी, सिताराम कट्टेल, केदार घिमिरेले रमाइलो तवरले फिल्मबारे जानकारी गराउँदै दर्शकलाई मनोरञ्ज दिए ।
5 (3)त्यस्तै निमात्री एंव ‘वडा नं ६’ की विशेष पात्र दीपाश्री निरौलालाई स्टेजमै उचाल्ने होडबाजी चल्दा कार्यक्रम थप मनोरञ्जनात्मक बन्न पुग्यो । दिपाश्रीलाई क्रमशः माग्नेबुडा, दिपकराज र कोरियोग्राफर शंकर बिसीले उचालेका थिए भने दीपाश्रीले माग्नेबुढालाई पनि उचालेकी थिइन् । यता संगीतकार, गीतकार एवं गायक राजनराज सिवाकोटीले फिल्ममा समावेश ‘सुर्के थैली खै’ बोलको गीत गाए, जुन लोक लयको गीतलाई श्रोताले मन पराइरहेका छन् । त्यस्तै कलाकार आरपी भट्टराईले रमाइलो गीत गाएर दर्शकलाई मनोरञ्जन दिए ।
7निर्मात्री दीपाश्री निरौलाले फिल्म रिलिज नहुँदा सम्म शहरका मुख्य मुख्य चोकमा यस्तै कार्यक्रम गरि माइकिङ समेत गरिने बताइन् । दर्शकलाई फिल्म हलमा आउँदै छ भन्ने जानकारी दिन यस प्रकारका कार्यक्रमको आवश्यक रहेको कलाकार एंव निर्माता दिपकराज गिरीले बताए । उज्जल घिमिरे निर्देशित फिल्ममा दिपकराज, जितु नेपाल, केदार, सिताराम, दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ । बालाजुको कार्यक्रममा जितु, दयाहाङ र प्रियंका भने उपस्थित थिएनन् ।
6
1 (2)
9 (1)तस्बिर : उत्सब रसाईली

 

प्रतिक्रिया दिनुहोस्