तीजको अवसरमा आउँदै संयम, सलोन र करिश्माको ‘लभसब्’



रंग खबर, काठमाण्डौं । नेपाली महिलाहरुको ठुलो चाँड तीजको अवसर पारेर आउँदो भदौँ २५ गतेबाट कमेडी फिल्म ‘लभसब्’ सार्वजनिक प्रर्दशनमा आउँदैछ । फिल्म यूनिटले आइतबार राजधानीमा प्रेस मिट गर्दे फिल्मबारे जानकारी गरायो ।

पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्माता सुशिल पोख्रेलले भने, ‘फिल्म राम्रो बनाउने प्रयास गरेका छौँ । प्रचारप्रसारमा पनि कुनै कसरत बाँकी राखेका छैनौँ । गीत र ट्रेलरबाट पाएको मायाले पनि दर्शकहरुले फिल्म मनपराउने अपेक्षा राखेका छौँ ।’

त्यस्तै अर्का निर्माता नरेन्द्र महर्जनले यो फिल्मले दर्शकलाई हँसाउने मात्र नभएर सन्देश पनि दिने बताए । हाल संवादका कारण चर्चामा रहेको यो फिल्ममा कलाकारहरु संयम पुरी, सलोन बस्नेत, करिश्मा क्षेष्ठ र शिशिर भण्डारीले अभिनय गरेका छन् ।
luv-sabयो फिल्ममा अभिनेता संयमले बोल्न नसक्ने युवाको भुमिका निभाएका छन् । ‘शुरुमा त यस्तो भुमिका निर्वाह गर्न निकै गाह्रो भयो । पछि गर्दैजाँदा सजिलो भयो । नबोलिकन केही कुरा अभिव्यक्ति गर्नु आफैमा गाह्रो काम हो । मैले निभाउने कोशिष गरेको छु ।’ अभिनेता सलोनले यो फिल्ममा आफुलाई ‘हाउडे’ र ‘सहयोगी’ केटाको रुपमा पाइने बताए । ‘यो फिल्ममा मेरो कमेडी र सेन्टिमेन्ट दुबै छ’, उनले भने । अभिनेत्री करिश्माले यो फिल्मले आफ्नो फिल्मी करिअरमा पनि महत्व राख्ने बताएकी थिइन् ।
luv sab final
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, एफडी कम्पनीका अध्यक्ष प्रदिप कुमार उदय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, चलचित्र सेन्सर बोर्डमा सदस्य सन्दिप सापकोटा, वितरक गोपाल कायस्थ लगायतले चलचित्रलाई शुभकामना दिएका थिए । फिल्मलाई देव कुमार श्रेष्ठको निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्