तीजको अवसरमा ‘लभसब्’ भर्सेस ‘धुन’ | कसले मार्ला बाजी ?



रंग खबर काठमाण्डौं । नेपाली महिलाहरुको ठूलो चाँड हरितालिका तीजलाई टार्गेट गरेर यो शुक्रबार दुई नेपाली फिल्म सार्वजनिक प्रर्दशनमा आउँदैछन् । युवा पुस्तालाई लक्षित गरि बनाइएको फिल्म ‘लभसब्’ र साँगीतिक प्रेम कथामा आधारित फिल्म ‘धुन’ प्रर्दशनमा आउने भएका हुन् ।
luvsub dhonदेवकुमार श्रेष्ठले निर्देशन गरेको ‘लभसब्’ मा त्रिकोणात्मक प्रेम कथामा पाइन्छ । निर्देशक श्रेष्ठका अनुसार समाजमा लुकेर बसेको युवा पुस्ताको प्रेमलाई फिल्ममा देखाउन खोजिएको छ । फिल्ममा संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ र शिशिर भण्डारी प्रमुख भुमिकामा छन् । ‘सायद’ बाट नेपाली रजतपटमा डेव्यु भएका संयम यो फिल्ममा बोल्न तथा सुन्न नसक्ने पात्रको भूमिकामा प्रस्तुत भएका छन् भने सलोन कमेडी पात्रको रुपमा रहेको उनीहरुले बताएका छन् । करिश्मा लभर गर्लको रुपमा प्रस्तुत हुँदा भिजे समेत रहेका शिशिरलाई मधेसी युवाको भूमिकामा देख्न सकिनेछ । सुशिल पोखरेल र नरेन्द्र मर्हजनले संयुक्त रुपमा निर्माण गरेको फिल्मको प्रचार प्रसार सामाजिक सञ्जाल फेसबुकमा समेत व्यापक गरिएको छ ।

यस्तै कृष्ण पौडेलले निर्देशन गरेको फिल्म ‘धुन’ मा जीवन लुईंटेल, निता ढुंगाना, मुकेश ढकाल र उमा बेवी प्रमुख भुमिकामा छन् । फिल्मलाई ‘म्यूजिक लभ स्टोरी’ भनिएको छ । जेठमा प्रर्दशन हुन लागेको यो फिल्म भूकम्पका कारण स्थगित भएर भदौ २५ मा आइपुगेको हो । फिल्मलाई मालती शाहले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्