‘कबड्डी’ बन्यो उत्कृष्ट फिल्म | अभिनयमा आर्यन र प्रियंका उत्कृष्ट (फोटोफिचरसहित)



रंग खबर, काठमाण्डौं । गोपिकृष्ण मुभिजले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘एनएफडिसी  राष्ट्रिय चलचित्र पुरस्कार २०७१’ मा नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्की उत्कृष्ट ठहरिएका छन् । शनिवार राजधानीको हायात होटलमा आयोजना गरिएको अवार्ड समारोहमा ‘नोभेम्वर रेन’ चलचित्रबाट ‘शिव’ सर्वोत्कृष्ट अभिनेताको आवार्ड आर्यनले जिते भने चलचित्र सुन्तलीबाट प्रियंकालाई ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड दिईयो ।
awardसूचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजाल प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड समारोहमा भारतीय गायिका संजिवनी पनि सहभागी भएकी थिईन् । मह जोडी देखि लिएर नेपाली चलचित्रका नयाँ पुराना अधिकांश कलाकारहरुको उपस्थ्तिी रहेको अवार्ड कार्यक्रममा विभिन्न आर्कषक नृत्यसँगै हाँस्यब्यंग्य पनि प्रस्तुत गरिएको थियो ।

ब्ल्याक हर्स पिक्चर्सको फिल्म ‘कबड्डी’ सर्वोउत्कृष्ट ठहरिएको छ रामबाबु गुरुङ यही चलचित्रबाट ‘प्रकाश’ सर्वोउत्कृष्ट निर्देशकको अवार्ड उचाल्न सफल भएका छन् । ‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेताको पुरस्कार फिल्म ‘उत्सव’ बाट संजोग कोइरालाले पाए भने ‘चैत्य’ सर्वोउत्कृष्ट नवअभिनेत्रीको पुरस्कार फिल्म ‘आभाष’ बाट आश्मा डिसीले पाइन् ।
singer sanjiwaniत्यस्तै ‘नीर’ सर्वोउत्कृष्ट सहअभिनेता तर्फ अनुप विक्रम शाहीले चलचित्र ‘हँसिया’ बाट पाए भने ‘वसुन्धरा’ सर्वोउत्कृष्ट सहअभिनेत्रीतर्फ फिल्म ‘नोभेम्बर रेन’ बाट छुल्ठिम डोल्मा गुरुङ अवार्ड उचाल्न सफल भईन् । चलचित्र नोभेम्बर रेनबाटै ‘शम्भुजीत’ सर्वोउत्कृष्ट संगीतकारको अवार्ड ताराप्रकास लिम्बुले उचाले भने यसै फिल्मबाट ‘तिमीलाई’ बोलको गीत मार्फत ‘उदित’ सर्वोउत्कृष्ट पाश्र्व गायनको पुरस्कार युवराज चौलागाईंले पाए । चेतन सवोत्कृष्ट लेखनको अवार्ड पनि चलचित्र नोभेम्बर रेनबाटै छेतन गुरुङ्गले पाए ।
chultim award‘वसन्त’ सर्वोउत्कृष्ट नृत्य निर्देशकको पुरस्कार फिल्म ‘हवल्दार सुन्तली’ को ‘घण्टी बज्यो’ बाट कविराज गहतराजले पाए भने ‘शुभ’ सर्वोत्कृष्ट पाश्र्व संगीतको पुरस्कार फिल्म ‘तथास्तु’ बाट रामजी लामिछानेले पाए ।
youraj chaulagain‘मञ्जु’ सर्वोत्कृष्ट छायाँकारको अवार्ड ‘जेरी’ चलचित्रबाट शैलेन्द्रध्वज कार्कीले उचाले । ‘तुलसी’ सर्वोत्कृष्ट सम्पादकको पुरस्कार भने ‘आभाष’ बाट सुरेन्द्र पौडेललाई दिईएको छ । ‘भुटानी’ सर्वोत्कृष्ट द्धन्द्ध निर्देशकको अवार्ड हकदार भने ‘हँसिया’ बाट राजकुमार उप्रेती बने । ‘प्रदीप’ सर्वोउत्कृष्ट ध्वनी पुनः मुद्रणतर्फ उत्तम न्यौपान फिल्म ‘मुखौटा’ बाट अवार्ड बिजेता बने ।
Nikhil Upretyत्यस्तै ‘कुसुमे रुमाल’ सर्वोत्कृष्ट व्यावसायिक फिल्मको अवार्ड ‘कोहिनूर’ लाई दिइयो । ‘मह’ जुरी अवार्ड भने फिल्म ‘माला’ का निर्देशक सन्दिप भूपाल सिंह लाई दिईयो । विजयरत्न तुलाधरलाई ‘पुष्कर’ चलचित्र पत्रकार पुरस्कारबाट सम्मान गरियो ।
Tara Prakash Limbu

sanjiwani

rambabu gurung
priyanka karki
Priyanka Karki And Aaryan Sigdel
nischal basnet
namrata sapkota
namrata sapkota 2
namrata ashma
Mala Limbu
maha jodi
gauri malla dance
Dinesh Dc
Dipak Dipa
gauri mall with heroes
Chultim Gurung
bijay ratna tuladhar
ashma dc
ashisma nakarmi

anu shah
Anny Kunwar

प्रतिक्रिया दिनुहोस्