उपत्यकामा मात्र लागेको ‘वडा नम्बर ६’ को आक्रमक शुरुवात (भिडियोसहित)



रंग खबर, काठमाण्डौं । राजधानीमा प्रर्दशन आएको फिल्म ‘वडा नम्बर ६’ ले आक्रमक शुरुवात गरेको छ । प्रर्दशनमा आएका राजधानीका २४ वटै हलमा फिल्म हेर्न शुक्रवार दर्शकको आइरो लागेको थियो ।

फिल्मको व्यापार र दर्शकको प्रतिक्रियाबारे बुझ्न वितरक र कलाकार विहानैदेखि हल–हलमा व्यस्त देखिए । विहानै दिपकराज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा गौडा, केदार घिमिरे माग्ने बुढा, सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, आर पी भट्टराई, निशान्त बजगाई, वितरक गोपाल कायस्त  गोपिकृष्ण हलमा पुगेका थिए ।
wada number cha 2गोपीकृष्णको विहानी शो मा कृष्ण हलमा हाउसफुल भएपछि राधामा पनि फिल्म लगाइएको थियो ।  दर्शकको चापका कारण दिउसोको शो मा सबैभन्दा ठुलो हल गोपीमा पनि  हिन्दी सिनेमा कट्टी बट्टीलाई हटाएर वडा नम्बर ६ नै लागेको वितरक कायस्थले जानकारी दिए । दर्शकको प्रतिक्रिया बुझ्न गोपीकृष्ण पुगेका फिल्मका अभिनेता केदार घिमिरे ‘माग्ने बुढो’लाई दर्शकले बोकेर उचालेका थिए । त्यस्तै दिपकराज गिरी, दिपाश्री निरौला, सिताराम कट्टेल ‘धुर्मुस र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई पनि दर्शकहरुसँग फोटो खिच्न र अटोग्राफ दिन भ्याई नभ्याई देखियो ।
wada number finalयता वितरक कायस्थले सबै हलहरुको व्यापारिक डाटा आइनसकेकोले शुक्रवारको ‘कलेक्सन रिजल्ट’ शनिवार भन्न सकिने बताए । ‘सबै हलहरुबाट ब्यापारको डाटा आईसकेको छैन । तर, फिल्मको  जुन किसिमको ओपनिङ्ग छ, यसबाट प्रष्ट हुन्छ वडा नम्बर ६ ले सुनामी ल्यायो’,उनले भने ।

त्यस्तै फिल्मकी दिपाश्री निरौला हलमा पाएको प्रतिक्रियाले उत्साहित देखिइन् । भनिन्, ‘बिहिवार त फिल्मको चिन्ताले निन्द्रा नै लागेन । आजचाँही लाग्ने भयो । ‘वडा नम्बर ६’लाई धेरै दर्शकले पर्खनुभएको रहेछ ।’अर्की निर्मात्री कुञ्जना घिमिरेले भने खुशी हुदै सबैको सामु उनका श्रीमान धुर्मुलाई गालामा चुम्बन समेत गर्न भ्याएकी थिइन् ।

wada number chaउज्जवल घिमिरेको निर्देशनमा बनेको यो फिल्ममा  १० बर्षे जनयुद्धको बेलाको कथालाई प्रस्तुत गरिएको छ ।  प्राय : सम्वादहरुमा  मज्जाले हसाउने र बेला बेला दर्शकको आखाँमा आसु झार्न यो फिल्म सफल हुने गोपीकृष्णमा भेटिएका दर्शक रामकृष्ण गुरागाँईले बताए ।
Watch Video Here :-

प्रतिक्रिया दिनुहोस्