पुष्पाको ‘सम्बन्ध’ सार्वजनिक | दुई सँस्थालाई मोडल भिमेसन कँडेलको सहयोग



रंग खबर, काठमाण्डौ । गायिका पुष्पा सुब्बाको दोस्रो एल्बम ‘सम्बन्ध’ विहिबार राजधानिमा एक कार्यत्रमबीच सार्वजनिक गरिएको छ । प्रमुख अतिथि गायिका संगीता राना र रंग पत्रकार कृष्ण भट्टराईले संयुक्त रुपमा एल्बम विमोचन गरेका हुन् ।
sambandhaएल्बममा दिपक शर्माको शब्द रहेको ‘तिमी लोग्ने मान्छे समाजमा जे गरे नि छुट’ बोलको गीत समावेश छ । विशाल भण्डारीले निर्र्देशन गरेको यो गीतको भिडियोमा बेनिशा हमाल र भिमसेन कँडेलको अभिनय रहेको छ ।

‘सम्बन्ध’ को विमोचन समारोहमा मोडेल भिमसेन कँडेलले आफ्नी आमा पार्वती कँडेल र बुबा शिवलाल कँडेलको नाममा अपाङ् असाय बालबालिका उत्थान केन्द्रलाई नगद रु ५० हजार तथा दिब्य सेवा निकेतन वृद्धा आश्रमलाई ५० हजार गरी एकलाख रुपैया सहयोग प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्