गायिका एन्जिला भन्छिन्, ‘सजिलोभन्दा गाह्रो काममै छ मज्जा’



सुर संवाद :

एन्जिला रेग्मी, गायिका

सानै उमेरमा अवार्ड थापियो है ? 
हो नि । भर्खर १८ वर्षकी भएँ । यस्तो सानो उमेरमै म्युजिक खबर म्यूजिक अवार्डमा ‘बेस्ट पप सिंगर, फिमेल’ को अवार्ड पाएँ । ठूलो सपना साकार भएजस्तै महसुस भएको छ । खुशी लागिरहेको छ । जिम्मेवारी बढेको जस्तो लागिरहेको छ ।
angilaकति भयो गाउन थालेको ?
गाउन त सानैदेखि गाउँथेँ । तर, कक्षा ४ मा पढ्दाखेरि ‘बुटवल आइडल’ भएपछि चाहिँ औपचारिक रूपमा संगीत यात्रा सुरु भएको हो । त्यतिबेला म १० वर्षकी थिएँ । पुरस्कारस्वरूप ‘यो जीवन हो’ बोलको गीत रेकर्ड गराउने मौका मिलेको थियो ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?
तेस्रो एल्बम ‘एन्जिला’को तयारीमा छु । एल्बमभित्रका तीनवटा गीत सार्वजनिक भइसकेका छन् ।

यसअघि नै दुइटा एल्बम निकालिसक्नुभएको ?
हो । कक्षा ६ मा पढ्दाखेरि नै ‘समिश्रण’ एल्बम निकालेकी थिएँ ।

आजभोलि एल्बम बिक्नै छोड्यो रे ?
त्यही भएर एक–एकवटा गर्दै गीत सार्वजनिक गरिरहेकी छु । आजभोलि सबै सामाजिक सञ्जाल प्रयोग गर्छन् । कसले एल्बम किनेर सुनिदिने ?

अध्ययन कहाँ पुग्यो ?
कक्षामा १२ मा पढ्दै छु ।

गायनमा लाग्दा पढाइलाई असर गरेको छैन ?
अलि–अलि गाह्रो त हुन्छ । तर, दुवैलाई समय मिलाइरहेकी छु ।

कस्तो गायिका बन्ने लक्ष्य छ ?
‘भर्सटायल’ गायिका बन्ने चाहना छ । आधुनिक, पप, फिल्म, आइटम लगायत सबै खाले गीत गाउँछु ।

के–के बजाउनुहुन्छ ?
गिटार, हार्मोनियम र मादल बजाउँछु ।

संगीत सिक्नुभएको छ ?
कक्षा ३ मा पढ्दादेखि नै सिक्न थालेकी हुँ । बुटवलमा सुरेश सेन्चुरीसँग सात वर्ष सिकेँ । अहिले तीन वर्षदेखि गान्धर्व म्युजिक सेन्टर, काठमाडौँमा चन्दन श्रेष्ठसँग सिकिरहेकी छु ।

नेपालमा गीत गाएर बाँच्न गाह्रो छ भन्छन् नि ?
खोइ त्यस्तै भन्छन् । तर, राम्रोसँग गर्न सक्दा सकिन्छ जस्तो लाग्छ । फेरी सजिलोभन्दा गाह्रो चिज नै गर्न मज्जा हुन्छ ।

नयाँ गायिकालाई यो क्षेत्रमा कति गाह्रो हुँदोरहेछ ?
धेरै गाह्रो हुन्छ नि । अगाडी बढीसकेकालाई मात्र बढी अवसर दिइन्छ । नयाँ–नयाँले कसैले चिन्दैन् । कसैले चिनाउँदैनन् पनि । सबैले चिनेपछि त सजिलो होला ।

तपाईको लागि के हो त संगीत ?
संगीत मेरो लागि आवश्यकता हो । जिन्दगी हो । संगीतमै मैले मेरो भविष्य देखेकी छु ।
प्रस्तुती : अनिल

साभार : शुक्रवार साप्ताहिक

प्रतिक्रिया दिनुहोस्