दोश्रो सातामा निखिलको ‘लुटेरा’ | एकसातामा करिब दुई करोडको ग्रस कलेक्सन



रंग खबर, काठमाण्डौं । अभिनेता निखिल उप्रेती स्टारर फिल्म ‘लुटेरा’ प्रर्दशनको दोश्रो हप्तामा प्रवेश गरेको छ । तिहारको लक्ष्मी पुजाको दिनबाट प्रर्दशन भएको यो फिल्मले एक सातामा करिब दुई करोडको ग्रस कलेक्शन गरेको निर्माता तथा फिल्म वितरक गोपाल कायस्थले दाबी गरेका छन् ।
nikhil upreti rangakhabarचारवर्षपछि आफ्नै फिल्म ‘भैरव’ मार्फत कमब्याक भएका अभिनेता निखिलको क्रेज दर्शकमाझ अझै कायम रहेको दुई फिल्मको व्यापारले पुष्टी गरेको छ । भदौमा रिलिज भएको भैरवले पनि दुई करोडभन्दा माथिको ग्रस कलेक्शन गरेको थियो । ‘भैरव’ प्रर्दशनताका हल–हलमा पुग्दा जसरी निखिललाई ठुला संख्याका दर्शकले बोकेका थिए, त्यसको निरन्तरता ‘लुटेरा’मा पनि देखियो ।
nikhil 2 lootera
यो साता कुनै नयाँ फिल्म प्रर्दशनमा नआएकाले ‘लुटेरा’को व्यापारमा झन उकालो लाग्ने आँकलन फिल्मवृत्त भइरहेको छ । बलिउडको ठूलो फिल्म ‘प्रेम रतन धन पायो’ सँग जुध्दा पनि निखिलको साथमा निशा अधिकारी, सविन श्रेष्ठ र हर्षिका श्रेष्ठले अभिनय गरेको द्धन्द्ध प्रधान यो फिल्मले गतिलो व्यापार गरेको हो । यसले राम्रो फिल्म बनाए नेपाली फिल्म बजारलाई कसैले टक्कर गर्न नसक्ने पुष्टी गरेको निर्माता कायस्थले बताए । यो फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्