अनाथ र असहाय बालबालिका लागि पुजनाको ‘चकलेट’ (ट्रेलरसहित)



रंग खबर, काठमाण्डौं । कलाकार निर्मल शर्माको पहिलो निर्देशकिय फिल्म ‘चकलेट’ले प्रर्दशनबाट उठेको सम्पुर्ण रकम अनाथ र असहाय बालबालिकाका लागि खर्च गर्ने घोषणा गरेको छ । यो फिल्म मंसिर १८ गतेबाट सार्वजनिक प्रर्दशनमा आउँदैछ ।

अभिनेत्री पूजना प्रधानले निर्माण गरेको यो फिल्म सडक बालबालिकाको कथामा आधारित छ । ‘फिल्म सन्देश र मनोरञ्जन दुवै छ’, निर्देशक शर्माले बताए ।
अभिनेत्री तथा निर्मात्री पूजनाका अनुसार फिल्मबाट उठेको रकमले काठमाण्डौमा भवन र कक्षा १० सम्म ५० जना विद्यार्थीले पढ्न सक्ने स्कुल बनाइनेछ । पूजनाले ५० जना अनाथ तथा असहाय बालबालिकालाई पढाउने, खुवाउने र पाल्ने जिम्मा लिन लागेको बताइन् । केही बालबालिका अहिले नै पूजनाको साथमा छन् । केही बालबालिकालाई भने उनीहरुको अवस्था हेरेर राखिने पूजनाले बताइन् ।
chocolate‘कमाउनका लागि भन्दा पनि बालबालिकाको भविष्यका लागि फिल्म रिलिज हुँदैछ । सामाजिक कामका लागि भए पनि सबै दर्शकले फिल्म हेरिदिनु हुनेछ भन्ने आशा गरेको छु’, निर्देशक शर्माले भने ।

यो फिल्ममा आयुष्मान घिमिरे, नम्रता झा, सुमन गैरे आदी कलाकारले पनि अभिनय गरेका छन् ।
Watch Trailer Here :- 

प्रतिक्रिया दिनुहोस्