पुसमा आउने ‘टिस्टा पारीको साइनो’को यस्तो टिजर (भिडियो)



रंग खबर, काठमाण्डौं । खिलबहादुर गुरुङको निर्देशन तथा अभिनय रहेको फिल्म ‘टिस्टा पारीको साइनो’ आगामी पुस १० गतेबाट देशव्यापी प्रर्दशनमा आउने भएको छ । फिल्मको फष्टलुक र टिजर सार्वजनिक गरिएको छ ।
tista pariko saainoबैशाख १२ आएको भूकम्पले गोरखाको सुन्दर बस्ती बारपाकको सुन्दरता हराएको छ । भूकम्पअघि यो फिल्मको छायांकन बारपाकमा पनि गरिएकाले त्यँहाको सुन्दरतालाई फिल्ममा महसुश गर्न सकिने निर्देशक गुरुङले बताए । ‘त्यति मात्रै नभएर गुरुङ समुदायको घाटु नृत्य सँग जोडिएका रमाइला र मन छुने प्रसंगलाई पनि फिल्ममा देखाउन खोजिएको छ ’, उनले भने ।

फिल्ममा गर्जामान गुरुङको कन्सेप्ट छ । उनीता गुरुङ, अमिर गुरुङ, गजेन्द्र गुरुङ, टिकाराम घले आदी कलाकारले पनि फिल्ममा अभिनय गरेका छन् । वाइके गुरुङ र रोजर गुरुङले फिल्ममा लगानी गरेका छन् ।
Watch Teaser Here :-

प्रतिक्रिया दिनुहोस्