बलिउडमा काम गरेको न्यौपाने ‘सायद २’ का निर्देशक



रंग खबर, काठमाण्डौँ । बन्न लागेको सुपरहिट फिल्म ‘सायद’को सिक्वेल ‘सायद २’को निर्देशकमा पुष्पराज न्यौपाने अनुबन्धित भएका छन् । चलेका बलिउड सिनेमामा सहायक निर्देशन गरिसकेका न्यौपानको यो पहिलो निर्देशकिय फिल्म हुनेछ ।
sayad 2दुर्गिश फिल्मस्को चौथो प्रोजेक्ट रहने यो फिल्मबाट न्यौपानेले निर्देशनमा डेब्यु गर्न लागेको निर्माता सुनिल रावलले पुष्टी गरे । सायद, होस्टेल र होस्टेल रिटन्र्सपछि दुर्गिश फिल्मसले चौंथो सिनेमा बनाउन लागेको हो । ‘सायद २’ निर्देशनका लागि आवेदन दिएका झन्डै दर्जन आवेदकमध्येबाट न्यौपाने छानिएको निर्देशक रावलले बताए ।

न्यौपानेले बलिउडका ‘डेन्जरस इस्क’, ‘राज ३’, ‘हेट स्टोरी २ र ३, ‘म्याक्सिमम’, ‘राज ३’ आदि फल्महरुमा काम गरिसकेका छन् । सिरियलहरु ‘घरकी लक्ष्मी’ ‘बेटियाँ’, ‘गीता’, ‘मधुबाला’ र ‘सावधान इन्डिया’मा पनि उनले सहायक निर्देशकको रुपमा काम गरिसकेको दुर्गिश फिल्मसले जनाएको छ ।
sayad 2 directorन्यौपानेले वातावरणसम्बन्धी डकुमेन्ट्री पनि निर्देशन गरिसकेका छन् । ‘सायद’लाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका थिए । त्यसयता कम्पनीले नयाँ निर्देशकलाई मौका दिएको थियो ।
sayad 2 finalसोसल ड्रामा जानराको सिनेमाको छायांकन नेपाल र जापानमा हुने भएको छ । कलाकार छनौट भने बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्