दिपेन्द्रको नयाँ प्रयोग : ‘पशुपतिप्रसाद’को ट्रेलर नै ‘सर्ट फिल्म’ जस्तो (भिडियोसहित)



रंग खबर, काठमाण्डौ । सधैँ केही नयाँ गर्न रुचाउने निर्देशक दिपेन्द्र के. खनालले आफ्नो आगामी फिल्म ‘पशुपतिप्रसाद’को ट्रेलरमा नयाँ प्रयोग गरेका छन् ।

बुधवार राजधानीमा एक कार्यक्रमका विच सार्वजनिक गरिएको ट्रेलर नै ‘सर्ट फिल्म’ सरह देखिन्थ्यो । ‘म हरेक फिल्ममा केही नयाँ प्रयोग गर्न रुचाउँछु । त्यसैले मैले ट्रेलरमा पनि एउटा सानो कथा भन्न खोजेको छु’, निर्देशक खनालले भने ।

माघ १५ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने यो फिल्म स्वर्गीय बाबुआमाको सपना बोकेर शहरका गल्लीमा क्रुर समाजसँग पैँठेजोरी खेल्दै हिड्ने र हण्डर खाने ‘पशुपतिप्रसाद’को संघर्षको कथा रहेको निर्देशक खनालले बताए । ‘एउटा इमान्दार पात्र र आधुनिक समाजविचको द्धन्द पनि छ फिल्ममा । कथाको बुनाई नै यस्तो छ कि यसले फिल्मका मल्टिपल क्यारेक्टरसँग सम्बन्ध राख्छ’, निर्देशक खनालले भने, ‘यो फिल्मको कथा वर्तमान परिप्रेक्ष्यमा पीडा भोगिरहेका सबै नेपालीको कथा जस्तो लाग्छ ।’

pashupati prasad 2फिल्मका प्रमुख पात्र खगेन्द्रले नै यसको कथा लेखेका हुन् । उनले फिल्म ‘टलकजँग भर्सेस टुल्के’मा गरेको अभिनयबाट प्रशंसा बटुलेका थिए । कार्यक्रममा अभिनेता लामिछानेले प्रदर्शनमा आइसकेको आफ्नो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ को टुल्के पात्रलाई बिर्साएर ‘पशुपती प्रसाद’ लाई दर्शक माझ स्थापित गर्नु पर्ने आफुमा चुनौती रहेको बताए ।

खगेन्द्रका अलावा वर्षा शिवाकोटी, विपिन कार्की, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, मिश्री थापा, आशिष अधिकारी, प्रकाश दाहालआदि कलाकारले फिल्ममा अभिनय गरेका छन् ।
pashupati prasadअभिनेत्री वर्षा सिवाकोटीले फिल्मको भूमिका बाट आफु सन्तुष्ट रहेको बताइन् । ‘पात्र हावी भएको फिल्म भएपनि यसको कथा सुनेरै मैले फिल्म खेलेकी हुँ । मेरो भुमिका फिल्ममा सस्पेन्स खालको भएकाले ट्रेलरमा त्यती नदेखाइएको हो’, उनले भनिन् । वर्षाले आफुलाई नयाँ टिमसँग काम गर्न पाउँदा अभिनयमा निखारता आएको बताइन् ।

नेपालमै पहिलोपटक थ्रिडी फिल्म ‘भिजिलान्ते’ बनाएका निर्देशक खनालले यसअघि फिल्मको फष्टलुक सार्वजनिक गरेका थिए । फष्टलुकमा पशुपतिनाथ मन्दिरको पृष्ठभुमीमा छ जसको अगाडी फिल्मका प्रमुख कलाकार खगेन्द्र लामिछानेलाई फरिया लगाएको भेषमा हनुमान अवतारसँगै देख्न सकिन्छ । कार्यक्रममा निर्माता माधव वाग्ले पनि सहभागी थिए ।

पपकर्न पिक्चर्सले वितरण गर्ने यो फिल्ममा सुर्य ठोकरको एक्सन, निरज कँडेलको छायांकन, दीर्घ खड्काको सम्पादन र हरि लम्सालको संगीत छ ।
barsa siwakotiWatch Trailer Here :-

प्रतिक्रिया दिनुहोस्