बेल्जियममा देखाइयो ‘फन्को’ | दर्शकको चापले थपियो दुई शो



रंग खबर, काठमाण्डौँ । फिल्म ‘फन्को’ को युरोपको बेल्जियम शहरमा रेड कार्पेट सहित भव्य प्रिमियर गरिएको छ । यही सोमबार त्यहा स्थित सिनेमा हल जेड लुभेनमा गरिएको प्रिमियर नेपालको संबिधान सभा सांसद महालक्ष्मी डिना उपाध्याया, गैर आवाशिय नेपाली संघका केन्द्रिय सचिब अर्जुन श्रेष्ठ, गैर आवाशिय नेपाली संघ बेल्जियम अध्यक्ष गंगाधर गौतम सहित बेल्जियमका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले ‘फन्को’ लाई सफलताको शुभकामन दिए ।
fankoसुरुमा एक शो मात्रै गर्ने भनिएकोमा दर्शकको अत्याधिक चाप र मागका कारण अर्को शो थप गरी दुई शो गरीएको निर्माता शहदेब गौतमले बताएका छन् । दर्शकको माग बढेपछि त्यहा ‘फन्को’ को आगामी नोभेम्वर २९ तारिखमा अर्को दुई शो पनि गरिने फिल्मका प्रस्तुतकर्ता पदम गुरुङले बताए । फिल्म ‘फन्को’ हेर्ने बेल्जियमका एन.आर.एन.ए दर्शकहरुले फिल्म राम्रो लागेको प्रतिकृया दिएका छन ।
fanko2सुवर्ण थापा निर्देशित फिल्ममा सौगात मल्ल, दयाहाङ राई, प्रिंयका कार्की, केकी अधिकारी, अनुप बरालको मुख्य भूमिका रहेको छ, जुन भूमिकालाई प्रिमियरमा सहभागी दर्शकले प्रशंसा गरे । पदम गुरुङको प्रस्तुतीमा नरेन्द्र महर्जन र शहदेब गौतमको संयुक्त लगानी रहेको फिल्म ‘फन्को’ माघ १ गते देखि नेपालमा प्रदर्शन हुदैछ । नेपालसगै यो फिल्म बेल्जियमका बिभिन्न स्थान, अनि फिल्याण्ड, डेनमार्क, अस्ट्रीया, ईटालि, स्पेन, पोर्चुगल, फ्रान्स लगाएतका देशहरु र अमेरिका अस्ट्रेलिया देशहरुमा पनि प्रर्दशन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्