‘क्लासिक’मा आँखा देख्न नसक्ने आर्यन र नम्रताको यस्तो लुक्स



रंग खबर, काठमाण्डौ । व्यवसायिक रुपमा सफल फिल्म ‘नोभेम्बर रेन’को जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनित ‘क्लासिक’को फष्टलुक सार्वजनिक गरिएको छ । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको व्यानरले निर्माण गरेको यो फिल्मको फष्टलुकले फिल्म भित्रका विभिन्न पाटोहरुलाई चित्रित गरेको छ । सांगीतक लभस्टोरीको साथमा यसमा गाँसिएका हाँसो, मित्रता, प्रेम, वियोगका कुरालाई फस्ट लुकले प्रतिविम्बित गरेको छ ।
classic 3दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्मको छायांकन केही दिन बाँकी छ । निर्माता सुवास गिरीले फिल्मकोे पोष्ट प्रोडक्शनको कामसँगै प्रचारलाई पनि सुरुवात गरिएको बताए । उनले भने–‘हामीले अहिलेसम्म कुनै पनि तस्बिर सार्वजनिक नगरेर फिल्मबारे दर्शकलाई उत्सुकतामा राखेका थियौँ । फष्टलुकले फिल्मबारे दर्शकलाई केही जानकारी दिनेछ ।’
classicयो फिल्ममा राजेश श्रेष्ठको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्धन्द्ध, रेनशा वान्तवा राइको कोरियोग्राफी, छेतन गुरुङको लेखन छ । सांगीतिक लभस्टोरीको कथामा बनेको यो फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठले आँखा देख्न नसक्ने पात्रको भूमिका निर्वाहा गरेका छन् । उनीहरुलाई सुशिल काफ्ले, प्रज्वल गिरी, रोमी घिमिरे लगायतले साथ दिएका छन् । प्रेम दिवसको अवसर पारेर यो फिल्म प्रर्दशन हुने निर्माण टिमले जनाएको छ ।
classic 2

प्रतिक्रिया दिनुहोस्