‘दिलवाले’को ‘जनम जनम’ रिलिज | देखियो शाहरुख र काजोलको लोभलाग्दो रोमान्स



रंग खबर, काठमाण्डौ । बलिउडको बहुप्रतिक्षित जोडी शाहरुख खान र काजोल अभिनित फिल्म ‘दिलवाले’को नयाँ गीत ‘जनम जनम’ सार्वजनिक भएको छ । अमिताभ भट्टचार्यको शब्दमा प्रितमले संगीत भरेको यस गीतलाई अर्जित सिंह र अन्तरा मित्रले गाएका छन् ।
dilwale finalरोहित सेठीले निर्देशन गरेको ‘दिलवाले’को यो गीतको भिडियोमा शाहरुख र काजोलको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ । लोभलाग्दो रोमान्स पाइने भिडियोमा उनीहरुको जोडी खुब जमेको देखिन्छ । गीतको पहिलो दृश्यलाई नजिकबाट नियाल्दा फिल्म ‘दिलवाले दुल्हनिया लेजाएगें’मा शाहरुखले काजोललाई ‘पलट पलट’ भन्दाको दृश्य झल्काउछ । शाहरुख र काजोल दुवैलाई भिडियोमा सुन्दर र झन युवा देखाइएको छ । डिसेम्बर १८ तारिखका दिन यो फिल्म विश्वव्यापी प्रर्दशनमा आउँदैछ । फिल्मले बक्सअफिसमा धमाका पिट्ने बलिउडका फिल्म पण्डितहरुले अनुमान गरिरहेका छन् ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्