‘बागमती’को प्रचारमा यसरी जुटे अभिनेता राजेश हमाल



रंग खबर, काठमाण्डौँ । अभिनेता राजेश हमालले शनिबार झण्डै पाँच किलोमिटर साइकलमा यात्रा गरे तर, अभिनेता हमालले आफ्नै रहर या बाध्यताले साइकल यात्रा भने गरेका थिएनन् । उनले आफु अभिनित फिल्म ‘बागमती’ प्रचार प्रसारको लागि साइकल चलाएका थिए । पौष २४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मले राजेशको हल क्रेजलाई पुर्नस्थापित गर्ने आशा गरिएको छ । उनले पनि फिल्म प्रचारको लागी हदै सम्मको सहयोग गर्ने वचन दिएका छन् ।

साईकल र्यालीमा सहभागी तथा उपस्थित अन्य दर्शकलाई ‘बाग्मती’ फिल्म हेर्न आग्रह गर्दै आफ्नो पछिल्लो फिल्म आम फिल्म भन्दा बिल्कुलै फरक बनेको राजेशले बताए । उनले भने, ‘यसमा प्रयोग भएको प्रविधी तारिफ गर्न योग्य छ । ‘बाग्मती’ फिल्म क्षेत्रमा कोशेढुङ्गा साबित हुन सक्छ ।’ लायन्स क्लब अफ गोल्डेन टाउन र ईन्द्रायणी परिवार क्लब किर्तिपुरको संयुक्त आयोजना तथा ‘बागमती’ फिल्मको प्रायोजनमा ‘पर्यावरण पक्षमा तथा मानविय स्वस्थको लागि साइकल प्रयोग गरौं’ जस्ता नारा सहितको साइकल र्याली किर्तिपुरबाट सुरु भई पाटनढोका, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, बल्खु, चोभार हुँदै किर्तिपुर आएर सकिएको थियो ।
bagmatiर्यालीमा फिल्मकर्मी, पेशाकर्मी तथा अन्य विशिष्ट व्याक्तिहरुको समेत उपस्थिती थियो । हमालसँगै फिल्म निर्माता दिनेश दर्शनधारी, अनिश नापित लगायतले शनिबार साईकलमै यात्रा गरे ।

प्रतिक्रिया दिनुहोस्