आधा पेज गीत: रिस्तालाई फकाउँदै रुपेश (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौँ । प्रदर्शनको अन्तिम तयारीमा रहेको फिल्म ‘आधा पेज’ को नयाँ गीत सार्वजनिक गरिएको छ । यहि शुक्रबार बाट फिल्म देशका प्रमुख फिल्म घरहरुबाट प्रदर्शनमा आउँदैछ ।

‘यो मान मान्दैन’ बोलको सार्वजनिक गीतमा  फिल्मका नायक रुपेश न्यौपाने र नायिका रिस्ता बस्नेतलाई फिचरिङ गरिएको छ । सार्वजनिक गीतमा रुपक न्यौपानेको स्वर, शब्द र संगीत रहेको छ भने नुत्य सुदीपको रहेको छ  । फिल्म ‘आधा पेज’ लाई  समुन्द्र भट्टको निर्देशन गरेकी हुन् । फिल्ममा सलोन बस्नेत, रिस्ता बस्नेत, रुपेश न्यौपाने, बिपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल, अशिम आरडीको अभिनय रहेको छ ।

रुपक न्यौपानेको प्रस्तुतिमा परी फिल्मको ब्यानरमा  लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले फिल्मलाई निर्माण गरेका हुन् । फिल्ममा रमण गायक र रुपक न्यौपानेको शब्द तथा सगीत, रामजी लामिछानेको नृत्य निर्देशन, इन्द्र लाल श्रेष्ठको छायांकन, आकाश बुढाथोकीको कथा, सन्तोष ढकालको सम्पादन रहेको छ । गीत हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्