सुमीको नयाँ भिडियो : जबसम्म ताराको रात हुन्छ (भिडियोसहित)



रंग खबर, काठमाण्डौँ । गायिका सुमी चाम्लिङ राईले आफ्नो एल्बम ‘जबसम्म…’ को शीर्ष गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । यसअघि एल्बमका अन्य गीतको भिडियो ल्याइसकेकी सुमीले ‘जबसम्म…’ बोल गीतको म्युजिक भिडियो टेलिभिजन र यु–ट्युबमार्फत एकैसाथ रिलिज गरेकी हुन् । जुन गीतमार्फत सुमीले गत वर्ष इमेज अवार्डमा ‘उत्कृष्ट पप गायन’ को अवार्ड समेत पाएकी थिइन् ।
sumi chamling‘दिक्तेल बजार’ बोलको लोकगीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाएकी सुमीका अनुसार ‘जबसम्म…’ गीतलाई पनि श्रोता÷दर्शकले रुचाएका छन् । ‘म्युजिक भिडियो पनि राम्रो बनेको छ’ उनले भनिन्, ‘भिडियो ल्याएपछि अझ राम्रो होला भन्ने अपेक्षा गरेकी छु ।’

सुमीको यस म्युजिक भिडियोको निर्देशन गायक नरेन लिम्बूले गरेका हुन् । भिडियोमा अल्का राई र केभिन कार्कीले मोडलिङ गरेका छन् । बौद्धस्थित एक होटलमा छायांकन गरिएको ‘जबसम्म…’ को भिडियोलाई ब्रायन राईले खिचेका हुन् । चाम्लिङ इन्टरटेनमेन्टले श्रोतामाझ ल्याएको यस भिडियोको सम्पादन भने विनय कंसकारले गरेका छन्् । हाल आफ्नो म्युजिक भिडियोको प्रमोसनमा रहेकी सुमीले चाँडै दोस्रो एल्बम ल्याउने पनि सुनाइन् । उनले भनिन्, ‘अहिले एल्बमको तयारी गर्दैछु । चाँडै नै श्रोतामाझ ल्याउनेछु ।’
Watch Video Here :-

प्रतिक्रिया दिनुहोस्