‘प्रेमगीत’को नयाँ गीत : रिभरसाइडमा ‘हट एण्ड सेक्सी’ पुजाको डान्स (भिडियो)



रंग खबर, काठमाण्डौँ । प्रेम दिवसको अवसर पारेर माघ २९ गतेबाट प्रर्दशनको तयारीमा रहेको फिल्म ‘प्रेम गीत’ को नयाँ भिडियो गीत रिलिज भएको छ । ‘म यस्तो गीत गाउँछ’ बोलको गीतको सफलतापछि ‘जब पुग्छु रिभर साइड’ बोलको गीत सार्वजनिक भएको हो ।
puja sharmaगीतमा नायिका पूजा शर्मा र दर्जन बढी कोरसलाई कम्मर मर्काउँदै गरेको देख्न सकिन्छ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको यो गीतको भिडियो निकै नै उच्च गुणस्तरको लाग्छ । स्विमिङ पुलदेखि लरीसम्मका दृश्यहरु मनमोहक लाग्छन् । सन्तोष सेन निर्मित फिल्ममा नायिका पूजा शर्मा र नायक प्रदीप खड्काको शिर्ष भूमिका छ । भिडियोमा अभिनेत्री पुजालाई हट एण्ड सेक्सी अवतारमा देख्न सकिन्छ ।

सञ्जय लामाको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको गीतको भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्