राजेश र शिवको ‘बागमती’ हेर्न जाने दर्शकलाई उपहारै–उपहार



रंग खबर, काठमाण्डौँ । नेपाली फिल्मका दर्शकहरुको लागि एउटा खुशीको खबर छ । सम्भवतः नेपाली फिल्मकै इतिहासमा पहिलोपल्ट शुक्रबारबाट देशभर प्रर्दशन हुँदै गरेको फिल्म ‘बागमती’ले फिल्म चलाउन नयाँ फन्डा अपनाएको छ ।

फिल्म रिलिजको अघिल्लो दिन ‘बागमती’ निर्माण यूनिटले राजधानीमा पत्रकार सम्मेलको आयोजना गर्दै दर्शकलाई तान्न उपहार योजना सार्वजनिक गरेको छ । फिल्म हेर्ने दर्शकलाई विद्धुतिय स्कुटरदेखी सुनका गहना र चाँदीका सिक्कासम्म उपहार दिने घोषणा गरिएको हो ।
bagmatiफिल्मको टिकटसँगै वितरण गरिएको कुपनमै यी उपहारहरु रहनेछन् । टिकटसँगै वितरण गरिएको कुपन दर्शकले हलमा राखिएको ‘बागमती’को बक्समा राख्नुपर्नेछ । जसमध्ये हरेक दिन सम्पूर्ण मल्टिप्लेक्स थिएटरमा लक्की ड्र गरि एक जना भाग्यशाली दर्शकलाई चाँदीको सिक्का दिइनेछ । यस्तै, हरेक हप्ता मोबाइल फोन, होलीडे प्याकेज, कलाकारसँग डिनर, सिक्री, औठी, बाला दिइनेछ । यस्तै फिल्म हेर्ने दर्शकमध्येबाट एक जनाले बम्पर उपहार स्वरुप इलेक्ट्रिक स्कुटर जित्नेछन् । यसैगरि कुपनको पछाडिपट्टी राखिएको र्फम भरेर कलाकार बन्न चाहने दर्शकले ‘नेक्स्ट बीग स्टार कन्टेस्ट’मा भाग लिएर यो ब्यानरमा बन्ने फिल्म खेल्ने अवसर पनि पाउनेछन् ।

ट्रि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मलाई अहिलेसम्मकै महंगो नेपाली फिल्म रहेको निर्माण पक्षको दाबी छ । ‘बागमती’ले रिलिज अगावै सिक्वेल बनाउने घोषणा पनि गरिसकेको छ । राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की, कञ्चन ठकुरी. आदि कलाकारको अभिनय रहेको फिल्मलाई दक्षिण भारतीय निर्देशक सन्नी केरलाले निर्देशन गरेका हुन् ।
कार्यक्रममा उपस्थित शिव श्रेष्ठ र केकी अधिकारीले फिल्म राम्रो बनेकाले दर्शकले मनपराउने विश्वास व्यक्त गरे । अभिनेता श्रेष्ठले भने आफुलाई फिल्म रिलिज नभएसम्म केही नबोल्नु भनिएको बताए । फिल्मको सुरुवातमै अर्का अभिनेता राजेश हमालसँग दश मिनेटको ‘फाइट’ खेलेका भनिएका उनले भने, ‘मलाई फाइट खेल्दा चाहिं दश मिनेटले पुगेन् । म एक घण्टा पनि फाइट गर्न सक्छु ।’ कार्यक्रममा निर्माण पक्षले फूरा फिल्म बुझ्नका लागि फिल्मको पहिलो १० मिनेट छुटाउन नहुने बताए ।‘

फिल्मको स्क्रिप्टलाई सस्पेन्स राख्न ‘बागमती’ युनिटले कलाकारलाई पुरा स्क्रिप्ट पढ्न नदिएको रहस्य अभिनेत्री केकीले कार्यक्रममा खोलिन् । ‘कथा सस्पेन्स रहोस् भनेर हामीलाई पुरा स्क्रिप्ट पनि पढ्न दिइएको थिएन । हामीले आफ्नो ‘पाटो’ मात्रै भएको स्क्रिप्ट पढेका थियौं’, हलमै गएर फिल्म हेर्न अनुरोध गर्दै केकीले भनिन्, ‘फिल्मलाई सस्पेन्स र थ्रिलर राख्नु निर्माण पक्षको योजना थियो । त्यो योजना सफल रहोस् ।’

‘बागमती’ले चलचित्र पत्रकार संघको कल्याणाकारी कोषमा जम्मा हुने गरि नगद ३० हजार रकमको चेक संघका अध्यक्ष शान्तिप्रियलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्