दक्षिण भारतका निर्देशकको ‘ट्वेन्टी सेभेन आवर्स’ चैत्र १९ मा



रंग खबर, काठमाण्डौँ । दक्षिण भारतका अरविन्द एमले निर्देशन गरेको नेपाली हरर थ्रीलर फिल्म ‘ट्वेन्टी सेभेन आवर्स’ चैत्र १९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
27 hoursसम्पुण प्राबिधीक समेत साउथ इन्डियननै रहेको यो फिल्मको टिजरलाई दर्शकले रुचाई सकेका छन् । भारतको हैदरावादमा यो फिल्मको पोस्ट प्रोडक्सनको काम भैरहेको छ । फिल्मको छायाँकन नेपालको पाल्पा ,बुटवल र भारतको मुम्बईमा गरिएको थियो । २७ घण्टामा एक ब्याक्तीको जिबनभित्र घटेको घटनालाई फिल्ममा रमाईलो ढंगबाट प्रस्तुत गरिएको बताइएको छ । फिल्ममा रिजन कोइरालाको संगीत , वँशी अट्लुरीको सम्पादन , सचिन सतमको भिएफएक्स , सिध्धु पुजारीको कोरियोग्राफी , मुर्गान र पबनको छायांकन रहेको छ ।
27 hours finalदक्षिण भारतकै निर्देशक सन्नी केरेलाले निर्देशन गरेको फिल्म ‘बागमती’ यतिवेला देशभर प्रर्दशन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्