‘प्रेम गीत’मा प्रदिपले ‘सोचेको जस्तै’ पुजासँगको प्रेम (हेर्नुस् भिडियो)



सुरज पौडेल, काठमाण्डौं । माघ २९ गते प्रणय दिवसको अवसर पारेर प्रर्दशनमा आउने फिल्म ‘प्रेम गीत’को संगीत पक्षमा बलियो देखिएको छ । तीनवटा गीतको सफलतापछि फिल्मले चौथो गीत ‘मैले सोचेको जस्तै’ सार्वजनिक गरेको छ ।
puja and pradipफिल्मको शिर्ष गीत ‘म यस्तो गीत गाउँछु’, लभ सङ ‘म त अलपत्रै पर्छु’ र रोमान्टिक गीत ‘जब पुग्छु रिभर साईड’मा दर्शकले रुचाइरहेको बेला फिल्म यूनिटले अर्को आशलाग्दो गीत सार्वजनिक गरेको हो । ‘हाम्रो प्रतिष्पर्धा हाम्रै गीतसँग हो,’ निर्माता सन्तोष सेनले भने । यो फिल्मसँगै अन्य दुई फिल्म ‘क्लासिक’ र ‘चलेछ बतास सुस्तरी’मा सँगै प्रर्दशनमा आउँदैछन् ।

‘मैले सोचेको जस्तै’ लाई सन्तोष लामा र स्वेच्छा ठकुरीले गाएका छन् । गीतमा अर्जुन पोखरेलको संगीत छ भने डा. कृष्णहरी बरालको शब्द छ । ‘यो गीतले सम्पुर्ण मायालु जोडीहरुको अन्तरात्माको कुरा बोल्छ,’ गीतका विषयमा निर्देशक सुर्दशन थापाले भने । गीतमा फिल्मका प्रमुख कलाकार पुजा शर्मा र प्रदिप खड्काको प्रेमिल सम्बन्ध देख्न सकिन्छ । उनीहरुको गजबको ‘लभ केमेष्ट्री’ गीतमा देख्न सकिन्छ । गीतमा देखिने मुस्ताङका मनोरम दृश्यले दर्शकलाई लोभ्याउन सक्छ । प्रेममा परेका जोडी जब सफल हुन्छन्, कसरी खुशी मनाउँछन् ? गीतको भाव यस्तै–यस्तै छ । गीत हेर्दा लाग्छ, पुजा र प्रदिप आफ्नो प्रेमको सफलतामा ‘सेलिब्रेट’ गरिरहेका छन् । यो गीतलाई रेनशा बान्तवा राईले कोरियोग्राफी गरेकी हुन् ।
हेर्नुस् गीत :-

प्रतिक्रिया दिनुहोस्