यस्तो छ नेपाली हरर फिल्म ‘ट्वेन्टी सेभेन आवर्स’को फष्टलुक



रंग खबर, काठमाण्डौं । भारतीय निर्देशक अरविन्द एमले निर्देशन गरेको नेपाली हरर फिल्म ‘ट्वेन्टी सेभेन आवर्स’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । यो फिल्म आउँदो चैत १९ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने भएको छ ।
27 hoursनिकै फरक शैलीमा डिजाइन गरिएको पोस्टरहरुको डिजाइन जय र बिप्लोपले गरेका हुन् । एक पोस्टरमा धुवाबाट बनाइएको डरलाग्दो आत्मा निकै आकर्षक देखिन्छ । फिल्मको प्राविधिक पक्ष बालियो रहेको फिल्मका निर्देशक अरविन्दले दाबी गरे । फिल्ममा सम्पूर्ण प्राविधिक पनि दक्षिण भारतकै प्रयोग गरिएको उनले जानकारी दिएँ ।

हाल यो फिल्मको पोस्ट प्रोडक्सन भारतको हैदरावादमा भइरहेको बताइएको छ । फिल्मको छायाँकन नेपालको पाल्पा ,बुटवल र भारतको मुम्बईमा गरिएको थियो ।

२७ घण्टामा एक व्यक्तिको जीवनभित्र घटेको घटना फिल्मको कथा रहेको निर्देशक अरविन्दले बताए । फिल्ममा रिजन कोइरालाको संगित , वँशी अट्लुरीको सम्पादन , सचिन सतमको भिएफएक्स , सिध्धु पुजारीको कोरियोग्राफी , मुर्गान र पबनको छायँकन रहेको छ । फिल्मलाई कलाकार समेत रहेका दिपक लम्सालले निर्माण गरेका हुन् ।
first look 2

प्रतिक्रिया दिनुहोस्