‘नयनभरी’को सफलतापछि किरणको ‘मस्की मस्की’ (भिडियोसहित)



रंग खबर, काठमाण्डौं । गायक किरण इजम लिम्बुको ‘मस्की मस्की’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनको दोश्रो एल्बम ‘ओझेल’मा समावेश यो गीतको भिडियोमा चर्चित मोडल पल शाह र निशा लिम्बुले अभिनय गरेका छन् ।
kiran limbuकिरणले यसअघि सार्वजनिक गरेको गीत ‘नयनभरी’मा पल र निशाकै जोडी देखिएको थियो । गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । हालसम्म युट्यूबमा पाँचलाख भन्दा बढी पटक गीत हेरिसकिएको छ । ‘मस्की मस्की’को निर्देशन र सम्पादन पनि ‘नयनभरी’का निर्देशक विज्ञान राईले नै गरेका हुन् ।

सुन्दा र हेर्दा उस्तै रमाईलो लाग्ने यो गीतको शब्द र संगीत गायक जेनिश लामाको हो । संगीत संयोजन भने टेकेन्द्र याक्सोको रहेको छ । गीतमा पलले निशालाई आफ्नो प्रेममा पार्नका लागि गरेको संघर्ष देख्न सकिन्छ । अन्त्यमा, कसरी निशा पलको हुन्छिन् ? भिडियोमा देखाउन खोजिएको छ ।

भिडियोको छायांकन ज्ञानेन्द्र शेर्माले गरेका हुन् । यो गीतबाट आफुले निकै आशा राखेको गायक इजमले बताए । ‘‘नयनभरी’जस्तै यो गीतलाई पनि दर्शकले रुचाउनुहुन्छ भन्ने आशा छ’, उनले भने ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्