सेक्सपियरको नाटक लिएर आउँदै सुनील पोखरेल (प्रोमोसहित)



रंग खबर, काठमाडौं । डेढ वर्षपछि नेपाली रंगमञ्चका कुलगुरु सुनील पोखरेल सेक्सपियरको अ मिड समर नाइटस् ड्रिममा आधारित अ मिड समर नाइटस् सपना लिएर आउँदैछन् । बत्तीसपुतलीको शिल्पी थिएटरमा हाल उनी आफ्ना विद्यार्थीहरुसँग धमाधम रिहर्रसल गराइरहेका छन ।
a midnightडेढ वर्षअघि जार नाटक निर्देशन गरेपछि अहिले तीन महिना तालिम दिएका पच्चिस जना नयाँ कलाकारलाई स्टेजमा ल्याउन लागेका हुन् । यस नाटकका लागि उनी आफ्ना प्रशिक्षार्थी कलाकारसँग ६ महिनादेखि खटिरहेका छन् । सुनीलले यो नाटकमा लाइभ म्यूजिक राखेका छन् । लाइभ म्यूजिक बाजा समूहका किसन, अशेष, सम्यकले बजाउँदैछन ।

नाटकमा गज्जबको संंगित राखेका उनले कोरियोग्राफी प्रदिप लामाबाट गराएका छन । प्रदिपले यो वर्षको चर्चित फिल्म रेशम फिलिलीको पारी त्यो डाँडाँमा को कभर गित अष्ट्रेलियाबाट कोरियोग्राफी गरेका थिए । जुन युट्युबमा भाइरल भएको थियो । डेढ वर्षपछि यहि नाटक गर्न केबाट उत्प्रेरित हुनुभयो ? भन्ने प्रश्नमा निर्देशक पोखरेलले भने, ‘म एनएसडी पढ्दै गर्दा नै सेक्सपियरको यो नाटक गर्छु भन्ने लागेको थियो, अहिले जुरेछ ।’
midnight 2सुनिसा बजगाई ,संगित सापकोटा,आभाष अधिकारी ,एश्वर्या देवकोटा,सफर पोखरेल,निशा जोशी , बिजय ताम्राकार , जेडी तमू ,अनिल सुब्बा,सुयशा अधिकारी ,सगुन पोखरेल,प्रिया पाण्डे ,बालकृष्ण रिजाल,दिपक चन्द,पुजन थापा , देवेन्द्र साउद,मोहोन पौडेल,संदिप अधिकारी ,सुरज चौलागाई ,आलोक थामी , भावना थापा,सन्जु क्षेत्रि लगायतले नाटकमा अभिनय गरेका छन । नाटकमा अनुप बरालले सेट डिजाइन गरेका छन भने उमेश तामाङ्ग र सुनील आफैले लाइट डिजाइन गरेका छन । सरिता गिरीले सुनिललाई निर्देशनमा सहयोग गरेकी छिन ।  नाटक चैत्र ५ गतेबाट शिल्पी थिएटरमा मञ्चन गरिनेछ ।
हेर्नुस् नाटकको प्रोमो :

प्रतिक्रिया दिनुहोस्