फ्राइडे रिलिज : सुरज सिंहको ‘जंगे’ भर्सेस जीवनको ‘बाजीगर’



रंग खबर, काठमाण्डौं । यो शुक्रवार (आज)बाट दुई नेपाली फिल्म प्रर्दशनमा आउ्रँदैछन् । उत्कल थापा निर्देशित ‘जंगे’ र ‘रञ्जित राना मगरको निर्देशन रहेको ‘बाजीगर’ प्रर्दशनमा आउँदैछन् ।
junge baazigarजंगबहादुर राणाको कथाबाट प्रभावित भनिएको यो जंगे राजनीतिक थ्रिलरमा आधारित रहेको बताइएको छ । इतिहासको क्रूर पात्रको रहस्य र रोमाञ्चको परिवेश फिल्ममा राखिएको निर्देशक थापाले बताए । आइडियाज एन्ड इमेजेज र अभाना प्रोडक्सनले प्रस्तुत गरेको यो फिल्मलाई सुभाष कोइराला र एमएस अग्रजले संयुक्त रूपमा लेखेका हुन् । फिल्ममा संगीतकार अल्मोडा राना उप्रेतीले फिल्ममा संगीत दिएका छन् । सुरज सिंह ठकुरी फिल्ममा जंगेको भूमिकामा देखिँदै छन् । ऋचा शर्मा, अनुप बराल, दीपशिखा शाही, नरेश पौडेल, शशांक मैनाली, प्रदीप ढकाल, सुशीलराज पाण्डे, जोयस पाण्डे, केभिन कार्की, दृश्य सुवेदीलगायत कलाकारले फिल्ममा अभिनय गरेका छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन, उज्जवल ढकालको सम्पादन, राजेन्द्र राजबहकको कोरियोग्राफी र सम्राट बस्नेतको एक्सन रहेको छ ।

त्यस्तै बाजीगरमा अभिनेता जीवन लुइँटेल ‘बाजीगर’ बनेका छन् । फिल्ममा प्रेम, द्वन्द र रोमाञ्च सबै पाइने बताइएको छ । अनु शाह र सञ्जोग कोइरालासमेत फिल्ममा प्रमुख भूमिका देखिने बताइएको छ । वसन्त सापकोटाको संगीत रहेको फिल्ममा मदन कश्यप घिमिरेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाहको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्