‘एक पल’को ‘मुस्कुराउँदै’मा जेनिशा र रामको यस्तो रोमान्स (भिडियो)



रंग खबर , काठमाण्डौं। साउन १ गतेदेखि सार्वजनिक प्रर्दशनको तयारीमा रहेको फिल्म ‘एक पल’को रोमान्टिक गीत रिलिज भएको छ । महेश खड्काको संगीत र शब्द रहेको ‘मुस्कुराउँदै’ बोलको गीत सार्वजनिक भएको हो ।
|

गीतमा दीपक लिम्बु र रेजिना रिमालले स्वर दिएका छन् । मनमोहक दृश्यका कारण गीतको भिडियो सुन्दर देखिएको छ । गीतमा अभिनेत्री जेनिशा केसी र राम महर्जनको रोमान्स देख्न सकिन्छ । कृष्ण श्रेष्ठले खिचेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । आरएल महर्जनले निर्माण गरेको यो फिल्मलाई राज शाक्यले निर्देशन गरेका हुन् ।
भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्