यस्तो छ मलिना जोशी अभिनित ‘द विनर’को फष्ट लुक र गीत (भिडियो)



रंग खबर, काठमाण्डौं । हिक्मत बिष्टको निर्देशनमा बनेको फिल्म ‘द विनर’ भदौ–१७ गतेबाट प्रर्दशनमा आउने भएको छ । आईतबार राजधानीमा आयोजित फिल्मको फष्ट लुक र गीत सार्बजनिक कार्यक्रममा रिलिज डेट घोषणा गरिएको हो । यही मितीमा रजनी केसी अभिनित दुई फिल्म ‘लालजोडी’ र ‘ब्रासलेट’ प्रर्दशन हुने घोषणा भईसकेको छ ।
the winner posterकार्यक्रममा फिल्मको टिजरसहित ‘परी’ बोलको भिडियो गीत सार्बजनिक गरिएको थियो । सार्बजनिक गीतमा अमित श्रेष्ठको शब्द तथा संगीत, प्रबिशा अधिकारी र किरण भुजेलको स्वर रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहेका चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले फिल्मको गीत र टिजर हेरिसकेपछि प्रशंसा गरे । ‘फिल्म स्तरीय बनेजस्तो देखिएको छ । यो राम्रो संकेत हो,’ उनले भने ।
the winnerअष्ट्रेलिया, नेपाल र दुबईमा छायांकन गरिएको यो फिल्मले नेपाल र अष्ट्रेलियामा हुने संस्थागत अपराधको कथा पेश गरेको कार्यक्रममा जानकारी दिइयो । एक्सनप्रधान यो फिल्ममा पूर्व मिस नेपाल मलिना जोशी प्रमुख भुमिकामा छिन् । महेशमान श्रेष्ठ, रेसु तामाङ, मच्छिन शाक्य, राजकुमार पन्त, अमित गिरी आदि कलाकारको पनि फिल्ममा अभिनय रहेको छ ।
the winner 2यो फिल्ममा सृजना शाह,बिकास खरेल,अमित गिरी,राजेश प्रसाद जोशी र निरज श्रेष्ठको लगानी रहेको छ । रितेश राणा र सुशिल पन्त फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म डायमण्ड स्टार फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्