‘म त तिम्रै हु’ फस्ट लुक पोस्टर बाहिरियो



रंग खबर,काठमाडौँ । श्रावण ७ गते पर्दशन हुने फिल्म ‘म त तिम्रै हु’को फस्ट लुक पोस्टर रिलिज गरिएको छ।  भुवन केसी पत्नी सुस्मिता केसी र सुवास थापाको निर्माण रहेको फिल्मलाइ अनमोल केसीको नाममा रहेको ब्यानरमा निर्माण गरिएको छ । श्रीराम महत निर्देशित फिल्मको पोस्टरमा आकाश श्रेष्ठ र ज्योत्सना योगी मात्र अटेका छन ।

ma ta timrai hoon

फिल्ममा आकाश र ज्योत्सना संगै सुस्मिता केसी, जीवन भट्टराई, सुसन खड्का, सुशील काफ्ले, अनुपम श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा हिमाल केसीको द्वन्द, सौरभ लामाको छायांकन र सुस्मिता केसीको कथा रहेको छ।  पटकथा सम्बाद कृष्ण आचार्यको रहेको फिल्ममा हर्कुलिस बस्नेतले संगीत भरेका छन् , भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्