सारी ब्लाउजमा देखिएका राजेशको ‘शकुन्तला’ टिजर : देखिएन भेष अनुसारको भाषा (भिडियो)



रंग खबर,काठमाडौँ । निर्माण समय देखिनै चर्चामा रहेको फिल्म ‘सकुन्तला’को टिजर रिलिज भएको छ । तेर्सोलिंगीको भेषमा सजिएका राजेश हमालको तस्बिर बाहिरीए पछी फिल्मको चर्चा चुलिएको थियो । फिल्ममा राजेश हमाल तेस्रोलिंगीको भूमिकामा देखिने भएपछी फिल्मको प्रतिक्षा सबैले गरेका थिए । अन्तत भदौ १० मा रिलिज हुने फिल्मको प्रचार-प्रसार स्वरुप टिजर सार्वजनिक भएको छ ।  टिजरमा राजेश महिलाको कपडामा फाइट गरेका छन् । तर निर्माण युनिटले तेस्रोलिंगीको भूमिकामा देखिएको भनि प्रचार गरेपनि टिजरमा राजेशले तेस्रोलिंगीको भाषा प्रयोग गरेका छैनन् । त्यसैले टिजरमा महिलाको कपडा लगाएका राजेशले साधारण पुरुषको भाषा प्रयोग गर्दा फिल्मको टिजर खल्लो लाग्छ ।

sakuntala

हेर्नुस टिजर…

 

फिल्ममा राजेश हमाल संगै अनु शाह, किशोर खतिवडा, रबि बस्नेत, स्मृति श्रेष्ठ लगाएतको अभिनय रहेको छ । फिल्मलाई महेश्वर खत्री र सृप्सा खत्रीले निर्माण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्