धुर्मुस-सुन्तलीको मन छुने गित ‘यो प्रण’| पालभित्र देखियो पारिवारिक माया(भिडियो)



रंग खबर, काठमाडौँ | देशको रियल हिरोको दर्जा पाएका धुर्मुस र सुन्तलीको समाजसेवालाई समेटिएको देशभक्ति गित सार्वजनिक भएको छ । गीतमा धुर्मुस र सुन्तली संगै डा: भिष्म कुमार भुसाल फिचरिङ् भएका छन् । गीतमा देशभक्ति भावना, पुन:निर्माण सम्बन्धि हातेमालो र धुर्मुस सुन्तलीको पारिवारिक माया,मोहलाइ देखाइएको छ । गायक स्वरुपराज आचार्य र स्मिता दाहालको सुरिलो स्वरमा सजिएको गितका शब्द डा: भिष्म कुमार भुसालले लेखेका हुन् । संगीत भने बसन्त सापकोटाको रहेको छ ।

dhurmus suntali

 

गीतलाई प्रायोजन ‘सेभ द चिल्ड्रेन’ले गरेको छ । छायांकन सुदिप बरालको रहेकोमा सम्पादन संजन न्यौपानेले गरेका छन् । भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन् ।

हेर्नुस भिडियो:-

प्रतिक्रिया दिनुहोस्