भारतीय बक्सअफिसमा हलिउड फिल्म हाबी, आफ्नै घरमा कमजोर बलिउड



रंग खबर, काठमाडौँ | नेपाली बक्सअफिसमा बलिउड फिल्म कहिलेकाँही हाबी हुने गर्छन । नेपाली फिल्म र बलिउड फिल्म संगै रिलिज हुँदा बलिउडका ठुला फिल्मले नेपाली फिल्मलाइ धक्का दिने गर्छन । नेपालबाटै करोडौ कमाउने कमाउने गर्छन बलिउड फिल्म । त्यस्तै भारतमा पनि पछिल्नो समय हलिउड फिल्मले बलिउडलाइ मात दिन थालेका छन् । २०१६ मा त झनै हलिउड पूर्णरुपमा बलिउडप्रति हाबी देखिएको छ ।

fan-drops-on-day-5-jungle-book-gives-stiff-competition-2

यो सालको ६ महिना बितिसक्दा पनिआधा दर्जन बलिउड फिल्म पनि हिट हुन सकेका छैनन् । ६ महिनाको अबधिमा गत साल १० फिल्म हिट भैसकेका थिए । यो बर्ष रिलिज भएका २५ बढी फिल्म मध्य ‘निरजा’ र ‘ऐरलिफ्ट’ मात्र हिट छन् । यो साल रिलिज भएको शाहरुख खान स्टारर फिल्म ‘फ्यान’लाइ हलिउड फिल्म ‘द जंगल बुक’ले नराम्रो संग मात दियो । यो सालका बलिउड फिल्म भन्दा उच्च कलेक्सन गर्यो ‘द जंगल बुक’ले । १ सय ८४ करोडको कलेक्सन गरेको ‘द जंगल बुक’ इंडियामा सर्वाधिक कलेक्सन गर्ने हलिउड फिल्म बनेको छ । क्याप्टेन अमेरिका, एक्स मेन र एङ्ग्रि बर्डले पनि भारतीय बक्सअफिसमा राम्रो व्यापार गरे । पुरानै शैलीका फिल्म, घिसिपिटी कहानी भएका बलिउड फिल्मलाई दर्शकले माया गर्न छोडेका छन् ।

after-furious-7-now-jurassic-world-makes-100-crore-in-india-1

आशा गरिएका बाघी, अजहर, सर्वजित, जय गंगाजल, वाजिर र घायल वन्स अगेन जस्ता फिल्मले पनि खरो उत्रन नसकेपछि बलिउड संकटमा परेको छ । उसो त गत साल पनि हलिउड फिल्मले बलिउडमा राम्रै कलेक्सन गरेका थिए । २०१५ मा ‘जुरासिक वर्ल्ड’ र ‘फ्युरियस ७’ले करोड क्लब जोइन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्