‘हाउसफुल ३’ले तिन दिनमा कमायो १०० करोड



रंग खबर, काठमाडौँ | बलिउड फिल्म ‘हाउसफुल ३’ले तिन दिनमा वर्ल्डवाइड १०३.७८ करोडको ग्रस कलेक्सन गरेको छ । इंडियामा मात्र ७६.७७ करोडको ग्रस व्यापार गरेको फिल्मले विदेशबाट २७.०१ करोडको व्यापार गरेको हो । यो व्यापारलाई बलिउडले राम्रो भनेका छन् । ८५ करोडको लगानी रहेको फिल्मले इंडियामा मात्र ५३.३१ करोडको नेट कलेक्सन गरेको छ । यो संगै ‘हाउसफुल ३’ इंडियामा यो बर्षको सर्वाधिक नेट विकेन्डको रेकर्ड पनि कायम गरेको छ । यो भन्दा पहिले शाहरुख खान स्टारर ‘फ्यान’ले पहिलो विकेन्डमा ५२.३५ करोडको नेट कलेक्सन गरेको थियो ।

housefull-3-review-news

सजिद फरहाद निर्देशित फिल्ममा अक्षय कुमार, रितेश देशमुख , अभिषेक बच्चन , ज्याक्लिन फर्नान्डिज , नगरिस फाकरी, लिजा हेडेन र बोमन हिरानीको अभिनय रहेको छ । फिल्मलाई साजिद नाडियावालाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्